
लन्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरुले लक्ष्मी पूजाको रात लन्डनका विभिन्न ठाउंमा देउसी भैलो खेलेका छन् । नेपलिज नर्सिङ एसोसिएसन यूके आवद्ध नर्सहरुले नेपालमा वर्थिङ सेन्टर स्थापनाका लागि आर्थिक सहयोग जुटाउन देउसी भैलो खेलेका हुन् ।
एसोसिएसनकी सदस्य गायत्री श्रेष्ठको संयोजनमा साउथ इष्ट लन्डनको चाल्टर्नमा कार्यक्रम भएको थियो । उक्त समूहमा एसोसिएसनकी अध्यक्ष सुशिला कार्की, सुमित्रा पुन, रेखा सिटौला, भवानी पाण्डे, रश्मी बास्तोला, धनमाया महर्जन, सुनिता गौतम लगायत सहभागी थिए ।
उता, महासचिव विनोद विकास सिम्खडाको संयोजनमा वेष्ट लन्डनमा पनि देउसी भैलो कार्यक्रम भएको अध्यक्ष कार्कीले जनाइन् । वेष्ट लन्डन समूहमा भने मनमाया सुनुवार, बासु लामिछाने, रश्मिता धर्माली, रचना कार्की, सुनिता अर्याल, सुदर्शना शाक्य आदि सहभागी भए ।
एसोसिएसनले शनिवार पनि खेल्ने योजना बनाएको छ ।
देउसी भैलो कार्यक्रमका सहभागीले नेपालको झल्को दिने गरि भट्याए, नाच गान गरे । अध्यक्ष कार्कीले शनिवारसम्म रकम संकलन जारी रहने जनाएकी छिन् ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर