वासिङ्गटन, १५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताउनुभएको छ ।
केही समययता ह्वाइट हाइस र पत्रकार अर्थात सञ्चार माध्यमबीच राष्ट्रपतिको सम्बन्ध बिग्रिएको यस अवस्थामा उक्त भनाइ आएको हो ।
ह्वाइट हाउस करेसपोन्डेन्ट एशोसियसनले बार्षिक रुपमा गर्ने उक्त रात्रिभोजमा राजनितिका विभिन्न चर्चित व्यक्तित्व र पत्रकारहरुको उपस्थिति रहने गर्छ ।
ह्वाइट हाउसमा पत्रकारहरुद्वारा आयोजना हुने यस रात्रिभोजमा खासगरी राष्ट्रपति र पत्रकारबीच भएका मतभेदलाई पनि पञ्छाउने एक अवसरका रुपमा रहँदै आएको पाइन्छ ।
करिब १०० वर्षयता हुँदै आएको यस कार्यक्रममा अहिलेसम्म १५ जना राष्ट्रपतिले उपस्थिति जनाएको बताइएको छ । तर हालका दिनमा राष्ट्रपति ट्रम्प र पत्रकारकबीच सम्बन्ध बिग्रंदै आएको छ ।
ट्रम्पले केही सञ्चारगृहले गलत समाचार सम्प्रेषण गर्ने गरेको र उनीहरु अमेरिकी जनताको दुश्मन भएको बताउनुभएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल