लन्डन । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ समापनका अवसरमा साताव्यापी महोत्सव गर्न जुटेको छ लन्डनस्थित नेपाली दूतावास । १४ देखि २० मार्चसम्म दूतावास प्रांगणमा गर्न लागिएको महोत्सव सफल बनाउन अहिले दूतावासले बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग छलफल गरिरहेको छ । दूतावासको नेतृत्वमा प्रमुख संस्थाहरुलाई विभिन्न कार्यक्रमको संयोजन गर्न जिम्मेवारी दिने सोच अनुरुप छलफलमा राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख शरदराज आरण र कर्मचारीको व्यस्तता अहिले चुलिएको छ ।
बेलायत नेपाल सम्वन्धबारे अन्तरक्रिया गर्न नेपाल पत्रकार महासंघ, बेलायतलाई जिम्मा दिने तयारी छ । खाना, संगीत र साहित्यिक महोत्सव, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, भिजिट नेपाल युरोप २०१७ अभियान उद्घाटन, नेपाली हस्तकला प्रदर्शनी व्यापार एवं लगानी अन्तरक्रिया, १३ भिसीहरुको तस्विर अनावरण आदि महोत्सवका आकर्षण हुनेछन् । समारोहमा बेलायत र नेपालका वरिष्ठ अधिकारीहरुको सहभागिता रहने भएपनि नाम भने टुंगो लाग्न बांकी छ । दूतावासले कार्यक्रमको औपचारिक जानकारी छिट्टै दिने जनाएको छ ।
महोत्सवले बेलायत नेपाल सम्वन्ध अझ मजबुत हुने विश्वास दूतावासको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा