नानचाङ (चीन), १४ फागुन । चीनको जियाङ्सी प्रान्तको राजधानी नानचाङमा एक होटलमा शनिबार बिहान आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको चिनियाँ अग्नि नियन्त्रण अधिकारीले जनाएका छन् ।
स्थानीय समयअनुसार बिहान करिब ८ बजे ‘एचएनए प्लाटिनम मिक्स होटेल’मा भएको आगलागी करिब ९ः४५ बजे नियन्त्रणमा आएको थियो ।
आगलागीका समयमा करिब १० जना निर्माण मजदुरले होटेलको दोस्रो तलामा काम गरिरहेका थिए ।
अग्नि नियन्त्रण अधिकारीले आगलागीपछि होटेलका भवनको भग्नावशेषबाट सातजनालाई मृत उद्धार गरेका जनाएका छन् ।
आगलागीबाट घाइते भई अस्पतालमा भर्ना भएका १६ जनामध्ये थप तीनजनाको पनि मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।
चारतले होटल नजिकै रहेको २४ तलाको एक आवासीय भवनमा बसोबास गर्ने २६० जनालाई सुरक्षित स्थलमा सारिएको थियो ।
घटनामा जिम्मेवार भएको आरोपमा प्रहरीले सातजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल