रियो दी जेनेरियो, १४ फागुन । ब्राजिलमा गत महिनाको अन्तिमसम्ममा बेरोजगारको सङ्ख्या १२.६ प्रतिशत पुगेको छ ।
सरकारी निकायले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार ब्राजिलका झन्डै एक करोड २९ लाख नागरिक कामविहिन रहेका छन् ।
गत नेभेम्बरदेखि जनवरीसम्मको तथ्याङ्क यस्तो आएको ब्राजिल भुगोल तथा तथ्याङ्क कार्यालयले जनाएको छ ।
गत वर्षको यही अवधिको तथ्याङ्कसँग तुलना गर्दा अहिले बेरोजगारको सङ्ख्या बढेको देखिएको छ । गत वर्ष यही अवधिमा बेरोजगारहरुको सङ्ख्या ९.५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
तथ्याङ्कले यसअघिको चौमासिकमा पनि बेरोजगारको सङ्ख्या बढेको देखाएको छ । अघिल्लो चौमासिक अर्थात् अगस्तदेखि अक्टोबरसम्ममा बेरोजगारहरुको सङ्ख्या ११.८ प्रतिशत छ ।
गत नोभेम्बरदेखि जनवरीसम्ममा ब्राजिलका कामदारको औसत तलव ६६१ अमेरिकी डलर रहेको तथ्याङ्क कार्यालयले जनाएको छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च