वासिङ्टन (अमेरिका), १३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना चुहिनुबाट नियन्त्रण गर्न नसकेको भन्दै अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो (एफविआइ)को आलोचना गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले प्रायोजित रुपमा सूचना बाहिर आउनुमा एफविआइको कमजोरी भएको भन्दै यसरी राज्यका सूचना अनधिकृत रुपमा बाहिर आउनुले राष्ट्रलाई नै नराम्रो असर पार्ने बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले शुक्रबार बिहानै एक ट्वीट सन्देश जारी गर्दै एफविआइले सूचना चुहावट नियन्त्रण गर्न नसकेको भनी असन्तुष्टि जनाउनुभएको हो ।
यस पूर्व ट्रम्पद्वारा नियुक्त ह्वाइट हाउसका वरिष्ठ अधिकारी रेन्स प्रिवसले उच्च एफविआइ अधिकारीलाई अमेरिकी राष्ट्रपतिको निर्वाचनका समय ट्रम्पका निर्वाचन अभियानका सल्लाहकार रसियाली गुप्तचर संस्थाका अधिकारीसँग निरन्तर सम्पर्कमा नरहेको भनी खण्डन गर्न निर्देशन दिएपनि उहाँको निर्देशन पालना नभएपछि राष्ट्रपति ट्रम्पद्वारा ट्वीट गर्दै एफविआइको आलोचना भएको हो ।
ट्वीट्मा राष्ट्रपति ट्रम्पले लेख्नुभएको छ, “एफविआई पूर्णतया राष्ट्रिय सुरक्षा चासोका विषयका सूचना चुहाउने व्यक्तिलाई पत्ता लगाई कारबाही गर्न असफल भएको छ ।” एफविआई अधिकारी आफ्नै सङ्गठनबट सूचना चुहाउने अधिकारीलाई समेत पत्ता लगाउन सक्दैन, अमेरिकी राष्ट्रपतिले ट्वीटमा भन्नुभएको छ ।
प्रायोजित सूचना सञ्चारमाध्यमलाई दिइएको छ यसले अमेरिकामाथि नराम्रो असर पार्छ, अहिल्यै पत्ता लगाऊ, ट्रम्पले सन्देशमा लेख्नुभएको छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला