जेनेभा (स्वीट्जरल्याण्ड), १२ फागुन । सिरिया द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्को तत्वावधानमा जेनेभा वार्ता १० महिनापछि बिहीबार पुनः शुरु भएको छ ।
राष्ट्रसङ्घका सिरियाका लागि राजदूत स्टेफेन डे मिस्टुराले बिहीबार विहानै वार्ताका लागि सिरियाली सरकारका तर्फबाट जेनेभा आउनुभएका वार्ता टोली प्रमुख प्रतिनिधि बसार अल जाफरी सहितका अन्य सदस्यसँग एक चरण कुराकानी गरिसक्नुभएको छ ।
राष्ट्रसङ्घ प्रतिनिधिले सिरियाली प्रतिपक्षी दलका बरिष्ठ सदस्य तथा वार्ता टोली सदस्य याहया कादमनी र नासर हारिरी लगायतका सिरियाली राष्ट्रिय गठबन्धनका अन्य सदस्यसँग पनि भेट गर्नुभएको छ ।
भेटमा वार्ता समूहका सदस्यले करिव तीन लाख सिरियालीको मृत्यु र झण्डै आधा जनसङ्ख्या विस्तापित गराएको सिरियामा छ बर्षदेखि जारी विनासकारी गृहयुद्धको अन्त्य गर्ने अन्तिम प्रयास हुनेमा विश्वास गरेको बताइएको छ ।
वार्ता शुरु हुनुपूर्व भएको साक्षातकारमा कादमनीले एपीसँगको कुराकानीमा वार्ताले कमसेकम मानवीय सहयोगका लागि द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने शिलशिलामा विभिन्न क्षेत्रमा घेरावन्दीमा परेका स्वदेशी तथा विदेशी नागरिकलाई दयनीय अवस्थाबाट बाहिर ल्याउनमा सफलता मिल्नेछ भन्नुभयो ।
उहाँले वार्ता राजनैतिक सङ्क्रमण, विगतका वार्ताले निकास दिन नसकेका विषयमा थप गृहकार्य गरी निकास दिन सफल हुने बताउनुभयो । कादमनीले एपीसँगको कुराकानीमा भन्नुभयो, “विश्वले यो गम्भीर बिषयलाई अन्त्य गर्नैपर्छ । विश्वले सिरियाली क्रुरतालाई अन्त्य गर्नैपर्छ ।”
वार्ता सन् २०१६ को शुरुदेखि यता भएको चौंथो प्रयास हो ।
पछिल्लो चरणमा सरकार र विद्रोहीलाई रसिया र टर्कीको पहलमा वार्तामा सहभागी बनाइएको काजकिस्तानको अस्तानामा भएको वार्ता जेनेभामा भेट्ने गरी सहमति गर्दै अन्त्य भएको थियो । प्रतिपक्षका वार्ता टोली सदस्य बुधबार जेनेभा आइसकेका छन् भने सरकारी टोली त्यस अघि नै जेनेभा आइसकेको थियो । वार्ताको तयारीका लागि भनी बुधबार राति पनि अनौपचारिक छलफलहरू भएका थिए ।
यस प्रयोजनका लागि संयुक्त राष्ट्रसङ्घले सिरियासँगको शान्तिवार्ताका लागि भन्दै सिरियाका बारेमा अध्ययन गरिरहेका विज्ञका साथै सिरियाली समूहका सदस्यको बैठक राखेको थियो ।
ती सदस्यमा सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेषदूतका साथै विज्ञहरू रहेका छन् । संयुक्त राष्ट्रसङ्घ मात्र सिरियाली समूह नामको एक समूह गठन गरिएको छ । सो समूहमा रहेका दूतहरू बैठकका लागि जेनेभा आइपुगेकाछन् । राष्ट्रसङ्घीय अधिकारीले उक्त वार्ताका लागि मध्यस्थता लगायतका बारेमा तयारी भएको जानकारी दिएका छन् । उनीहरूले सो बैठकले सकेसम्म चाँडै नै शान्तिवार्ताको वातावरण मिलाउने गरी मध्यस्थतासम्बन्धी बैठक गर्न लागिएको पनि जनाएका छन् ।
सिरियाली समूहअन्तर्गतका राष्ट्रसङ्घीय मध्यस्थकर्ताहरूको बैठकले करिब १० महिनाअघि पनि शान्तिवार्ताको खाका तयार गरेका थिए । तर सो बमोजिम बैठक भने बस्न सकेको छैन ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल