तान्गी (पाकिस्तान), १० फागुन । उत्तरी पाकिस्तानमा मङ्गलबार एक स्थानीय अदालतममा तालिवान आत्मघाती बम आक्रमणकारीहरूले शृङ्खलाबद्ध रूपमा गरेको हमलामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।
यस आक्रमणको पाकिस्तानी तालिवानसँग आवद्ध जमात उल अहरार (जेयूए) ले दाबी गरेको छ । यसै समूहले गत हप्ता लाहोरमा गरेको आक्रमणमा १४ व्यक्तिको मृत्यु भएको थियो ।
यस महिनाको सुरुमा पाकिस्तानको न्यायालयलगायत अन्य क्षेत्रमा आक्रमण गर्ने यस आतङ्ककारी समूहले दाबी गरेका थिए ।
आज भएको आक्रमणमा परी सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख सुहैल आलिदले एएफपी समाचार समितिलाई बताएका छन् । यस आक्रमणमा मारिएकामा एक वकिलसमेत रहेको बताइएको छ ।
यस पछिल्लो आतङ्ककारी आक्रमणको प्रधानमन्त्री नवाज सरिफको कार्यलयले निन्दा गरेको छ । गत अगस्तमा क्वेटामा भएको आत्मघाती आक्रमणको जेयूए र इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहले जिम्मा लिएका थिए । दक्षिणपश्चिम सहरको कानूनी समूदायमाथि भएको यस आक्रमणमा ७३ व्यक्तिको मृत्यु भएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल