जेनेभा, १० फागुन । संयुक्त राष्ट्रसङ्घले सिरियासँगको शान्ति वार्ताका लागि काम भइरहेको जनाएको छ ।
सो संस्थाले उक्त वार्ताका लागि आगामी २३ फेब्रुअरीमा मध्यस्थतालगायतका बारेमा तयारी भएको जनाएको हो ।
सिरियामा शान्ति वार्ताको तयारी भएको छ । यसका लागि आगामी २३ फेब्रुअरीमा मध्यस्थकर्ताहरुको बैठक बस्ने भएको छ ।
सो प्रयोजनका लागि जेनेभामा सिरियाली शान्ति वार्ता समूहका मध्यस्थताहरु आउने भएका छन् । सिरियाका लागि राष्ट्रसङ्घीय विशेष दूतले सो जानकारी दिएका छन् ।
विशेष दूत माइकल कन्टेटले भन्नुभयो– सिरियाको शान्तिवार्ताका लागि सिरियाली समूहका मध्यस्थताहरु आउने क्रम सुरु भएको छ । यसका लागि राष्ट्रसङ्घको तयारी अन्तिम अवस्थामा पुगेको छ ।
मङ्गलबार जेनेभामा आयोजना गरिएको पत्रकार सम्मेलनमा विशेष दूत माइकेलले सो जानकारी दिँदै शान्ति वार्ताको अगाडि उक्त वार्ताका मध्यस्थकर्ताहरुको एक बैठक बस्न लागेको जानकारी दिनुभएको हो ।
सिरियाली समूहका देशका मध्यस्थतकर्ताहरुको यस बैठकले आगामी शान्ति वार्ताको तयारी तथा वार्ताको बारेमा व्यापक मात्रामा छलफल गर्ने बताइएको छ ।
मानवीय सहायता, युद्धको विविध विषयका साथै वार्ताका लागि तयार गरिने अन्य विषयमा सो बैठकमा छलफल गरिने राष्ट्रसङ्घले जनाएको छ ।
सिरियाली समूहअन्तर्गतका राष्ट्रसङ्घीय मध्यस्थकर्ताहरुको बैठक करिब १० महिना पछि बस्न लागेको हो । उता सिरियामा हिंसा भने रोकिएको छैन ।
सिरियामा जारी रहेको सो हिंसाका क्रममा करिब ४ लाख नागरिकको ज्यान गएको छ । त्यस्तै दशौँ लाख नागरिक विस्थापित पनि भएका छन् ।
पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको सो हिंसाको अन्त्यका लागि विभिन्न समयमा शान्तिवार्ता पनि भएका छन् । तर पनि ती वार्तालाई निष्कर्षमा पुरयाउन भने सकिएको छैन ।
यस पटकको यो मध्यस्थकर्ताहरुको बैठकपछि पनि अर्काे शान्तिवार्ताका लागि प्रयास गरिने छ । सो तयारीका लागि यो बैठकको आयोजना गरिएको जानकारी संयुक्त राष्ट्रसङ्घले दिएको छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च