
ओस्लो, ९ माघ । नोबेल शान्ति पुरस्कार छनौट गर्ने नर्वेली नोबेल समितिकी अध्यक्ष कासी कलम्यान फाइभको ६५ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको आइतबार निधन भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
“उहाँ धेरै युवतीका लागि अनुकरणीय व्यक्तित्व हुनुहुन्थ्यो,” नर्वेको कन्जरभेटिभ प्रधानमन्त्री इर्ना सोल्बर्गले फेसबुकमा लेख्नु भएको छ ।
उहाँ सन् २००३ मा नोबेल कमिटीको सदस्य बन्नु भएको थियो भने सन् २०१५ मा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
अमेरिकाका पूर्व उपराष्ट्रपति अल गोरेलाई सन् २००७ मा, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामालाई सन् २००९ मा, चिनियाँ अभियन्ता लिउ चिओवोलाई सन् २०१० मा र इरानका मानवअधिकारकर्मी शिरिन इवाडीलाई सन २००३ मा नोबेल शान्ति पुरस्कारका लागि छनौट गर्न उहाँले निर्णायक भूमिका खेल्नुभएको थियो ।
उहाँ पूर्वव्यापारी हुनुका साथै सन् १९८९ देखि १९९० सम्म वाणिज्य मन्त्री र सन् १९९१ देखि १९१४ सम्म कन्जरभेटिम पार्टीको नेत्री बन्नु भएको थियो ।
“हामीले एउटा सशक्त, प्रिय महिला अगुवा र कन्जर्भेटिभ पार्टीकी नेत्रीलाई गुमाएका छौँ,” सोल्बर्गले उल्लेख गर्नुभएको छ ।
उहाँको स्टाटसमा थप लेखिएको छ, “कासीको परिवारप्रति मेरो पूरा सहानुभूती र समवेदना छ, हामी धेरै जना उहाँको बारेमा सोचिरहेका छौँ ।”
एक जना नर्वेलीको छोरीका रुपमा कलम्यानको जन्म सन् १९५१ को अप्रिल १५मा ओस्लोमा भएको थियो ।
कलम्यानले आर्थिक पत्रिकाका पूर्वसम्पादक कार्सटेन ओ फाइभसँग विहे गर्नुभएको थियो । उहाँका दुई जना सन्तान छन् ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त