तेहरान (इरान), ७ फागुन । इरानको विशेष रिभोलुसनरी गार्डले अर्को हप्तादेखि सैन्य अभ्यास सुरु गर्ने भएको उक्त सैन्य सङ्गठनका वरिष्ठ कमाण्डर मोहम्मद पाकपोरले शनिबार बताउनुभएको छ ।
ग्रान्ड प्रोफेट ११ नामाकरण गरिएको उक्त सैन्य अभ्यास अमेरिकी प्रशासनद्वारा लगातार हतियार परीक्षणप्रति गरेको आलोचना र नयाँ परीक्षणमा लगाइएको प्रतिबन्धको बेवास्ता गर्दै गर्न लागिएको सुरक्षा बलका स्थल एकाइ कमाण्डर पाकपोरले पत्रकार सम्मेलनमा बताउनुभयो ।
उहाँले सोमबारदेखि सुरु भई आगामी तीन हप्तासम्म हुने अभ्यासमा रकेटको समेत प्रयोग गरिने बताइए पनि कस्तो र कुन क्षमताको हतियार प्रयोगका लागि अभ्यास गरिने छ भन्ने जनाउन चाहनुभएन ।
पाकपोरले इरान कुनै पनि सुरक्षा खतरा इरानमाथि वासिदटनद्वारा गरिएको ‘अपमानजनक प्रतिबन्ध’को सामना गर्ने उद्देश्यका साथ गरिएको बताउनुभयो ।
इरानले गत जनवरी २९ मा गरेको क्षेप्यास्त्र परीक्षणलाई देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ हतियार परीक्षणमा प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको थियो ।
पेन्टागनका प्रमुख जेम्स भ्याटिसले इरानलाई ‘आतङ्कवादलाई प्रायोजन गर्ने विश्वकै एकमात्र राष्ट्र’ भनी केही समय पहिले इरानको आलोचना गर्नुभएको थियो ।
इरानी अधिकारीले अमेरिकाले बताएअनुसार आफ्नो हतियारले कुनै खतरा नल्याउने तर प्रतिरक्षाका लागि आवश्यक रहेको बताउदै आएका छन् ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त