लण्डन । ब्रिटिश सेनाबाट निवृत्त गोरखा भूतपूर्व सैनिकहरुको पेन्सनमा १० प्रतिशतले वृद्धि भएको छ ।
बेलायती रक्षा मन्त्रालयले यसैसाता जारी गरेको विज्ञप्तिअनुसार बढेको पेन्सन यही अप्रिल १ देखि लागू हुने छ । मन्त्रालयका अनुसार नेपाल राष्ट्र बैँकले उपलब्ध गराएको मुद्रास्फितिको दरअनुसार यसवर्ष १०.३ प्रतिशतले पेन्सन वृद्धि गरिएको हो ।
बेलायती रक्षा मन्त्रालयले भारतीय पेन्सनका आधारमा गोरखाहरुलाई पेन्सन दिने गरेको छ । त्यसमा नेपालको बजारभाउ र जीवनयापनलाई आधार बनाएर पेन्सन दर कायम गर्ने गरिएको मन्त्रालयको दाबी छ ।
पेन्सन वृद्धिपछि सबैभन्दा कम पेन्सन १५ वर्ष सेवा गरेका कर्पोरल दर्जाभन्दा मुनीका गोरखाले मासिक २० हजार ४८४ भारतीय रुपियाँ पेन्सन पाउँछन् भने सोही अवधि सेवा गरेका कर्पोरलले २१ हजार ३३, सार्जेन्टले २१ हजार ८५६, कलर सार्जेन्टले २२ हजार ७३१ पेन्सन पाउने छन् । १५ वर्ष सेवा गरेका डब्ल्युओटी दर्जाबाट अवकास पाएकाले २३ हजार ६४०, डब्ल्यु ओवानले २४ हजार ५८५, लेफ्टिनेन्टले २८ हजार ८४६, क्याप्टेनले ३४ हजार ५७ र मेजरले ३४ हजार ९६७ भारतीय रुपियाँ मासिक पेन्सन थाप्नेछन् ।
सबैभन्दा बढी पेन्सन पाउनेमा २८ देखि ३२ वर्षसम्म सेवा गरेका मेजरले मासिक ५७ हजार ६८० र ३२ वर्ष सेवा गरेका अनेरी मेजरले ६६ हजार ६३१ भारतीय रुपियाँ मासिक पेन्सन पाउने छन् ।
फ्यामिली पेन्सनतर्फ कर्पोरलभन्दा मुनीका गोरखाका फ्यामिलीहरुले मासिक १४ हजार ६३५ भारतीय रुपियाँ थाप्नेछन् भने गोरखा कमिसन अफिसर (जीसीओ) मेजरका फ्यामिलीले ५० हजार ७९३ भारु मासिक पेन्सन पाउने छन् ।
सेन्टर फर नेपाल स्टडिज युकेका अध्येता डा. कृष्ण अधिकारी र डा. चन्द्र लक्सम्बाका अनुसार हाल पेन्सन पाउने गोरखा र फ्यामिली पेन्सन थाप्ने दिवंगत गोरखाका परिवारको संख्या २२ हजार ९३५ छ । त्यस्तैगरी ६ हजार ५३४ जना गोरखाहरुले कुनै पनि पेन्सन पाउँदैनन् भने ३ हजार ४३८ जना गोरखाहरुले मासिक ४० पाउण्डका दरले च्यारिटी पेन्सन पाउँछन् ।
बेलायत सरकारले भेदभाव गरी सहकर्मीसरह पेन्सन नदिएको आरोप गोरखाहरुले लगाउँदै आएका छन् । समान पेन्सन उनीहरुको प्रमुख माग रहँदै आएको छ ।
कसको कति बढ्यो ? पूर्ण विवरण
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
अमेरिकामाथि नेपालको जित
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन