बासिङटन, ३ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले सोमबार राति राजिनामा दिनुभएको छ ।
ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नु अघि नै फ्लिनले रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबर आएपछि उहाँले पद्बाट राजीनामा दिनुभएको हो ।
ट्रम्पले गत जनवरीमा राष्ट्रपति पद सम्हालेपछि नियुक्त गरेका मध्ये पदत्याग गर्ने उहाँ सबैभन्दा उच्च तहको व्यक्ति हुनुहन्छ ।
ट्रम्पको चुनावी अभियानका क्रममा उच्च तहको सल्लाहकारको भूमिकामा रहनुभएका सेनाका पूर्वजनरल कैथ केलोङलाई फ्लिनले राजीनामा दिएपछि कार्यबहाक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ ।
डेमोक्रेटिक पार्टिकी वरिष्ठ नेतृ न्यान्सी पलोसीले फ्लिनले अमेरिकी जनतालाई ढाँटेको भन्दै उहाँलाई पदबाट हटाउन राष्ट्रपति ट्रम्पसँग माग गर्नुभएको थियो ।
फ्लिनले आफूबारे आएका खबरहरुका लागि उपराष्ट्रपति समक्ष माफी माग्नुभएको थियो । उहाँले रुसी राजदूत सेरगेइ किसलियाकसँगको छलफलबारे गलत प्रचार भएको दावी गर्नुभएको थियो ।
तर सर्वत्र आलोचना हुनुका साथै राजीनामाको दवाव परेपछि उहाँले राजीनामा दिनुभएको हो ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च