ब्रसेल्स, १ फागुन । युरोपियन युनियन (ईयू) ले उत्तर कोरियाले आइतबार गरेको क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा आलोचना गर्दै यस्ता उत्तेजनात्मक गतिविधि ईयूका लागि अस्वीकार्य भएको जनाएको छ ।
ईयूले लगातार रुपमा उत्तर कोरियाले गरेका हतियार परीक्षण संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को हतियारसम्बन्धी सङ्कल्प प्रस्तावको अर्को उल्लङ्घनको घटना भएको बताएको छ ।
ईयूको कूटनीतिक मामिला हेर्ने बाह्य गतिविधि सेवा (ईईएएस) का प्रवक्ताले हतियार परीक्षणको निन्दा गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र प्रविधिसम्बन्धी सम्पूर्ण कार्यक्रमलाई पूर्णरुपमा त्याग्न र राष्ट्रसङ्घ सुरक्षा परिषद्को कानुनअनुरुप अघि बढ्न आग्रह गर्नुभयो ।
ईयूका विदेश नीति प्रमुख फेडेरिका मोघेरिनीले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै आफ्ना गतिविधिबारे अन्तर्राष्ट्रिय प्रतिक्रिया बुझ्न छलफलमा सहभागी बन्न आग्रह गर्नुभयो ।
स्थानीय समय अनुसार आइतबार विहान ७ः५५ मा उक्त क्षेप्यास्त्र उत्तरी प्योङ्गयाङ्गको पश्चिमी प्रान्तमा अवस्थित बाङ्गयोन सैनिक हवाइ अखाडाबाट सुदूरपूर्व जापानी समुद्र (सि अफ जापान)तर्फ प्रहार गरी परीक्षण सम्पन्न गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
वायुमण्डलमा पाँचसय किलोमिटर जति उडेर समुद्रमा झरेको उक्त क्षेप्यास्त्र के कति क्षमताको र कुन श्रृङ्खला वा मोडेलको थियो भन्ने खुलेको छैन ।
जापानी प्रधानमन्त्रीको अमेरिका भ्रमणकै मौका पारी जापानलाई तर्साउने नियतवश गरिएको भनिएको यस परीक्षणको जापान तथा अमेरिका दुबैले आ–आफ्नै शैलीमा आलोचना गरिसकेका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल