नयाँदिल्ली (भारत), २९ माघ । भारतले पूर्वी राज्य उडिसाको सामुद्रिक क्षेत्रबाट एउटा प्रतिरोधी क्षेप्यास्त्रको शनिबार सफल परीक्षण गरेको छ ।
यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत सन्देश लेख्दै भन्नुभएको छ – “आज हाम्रा (भारतीय) वैज्ञानिकले प्रतिरोधक क्षेप्यास्त्रको निर्माण गरेका छन् । विश्वका चार–पाँच राष्ट्रले मात्र यस किसिमको क्षेप्यास्त्रको निर्माण गर्न सफल भएको अवस्थामा पाएको यो सफलताका लागि भारतीय वैज्ञानिक समूहलाई बधाई छ ।”
उडिसाको अब्दुल कलाम टापूबाट वे अफ बङ्गालमा गरिएको उक्त सफल परीक्षणपछि अब भारतले आफूमाथि आएको क्षेप्यास्त्रलाई आकासमै छेदन गरी निष्क्रिय पारिदिनेछ ।
प्रतिरोधी क्षेप्यास्त्रको निर्माण र सफल परीक्षण गर्न सफल भएकामा प्रधानमन्त्री मोदीले भारतीय वैज्ञानिकको समूहलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।
पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको एक दिनपछि मात्र भारतद्वारा प्रतिरोधि क्षेप्यास्त्रको सफल परीक्षण भएको छ । पाकिस्तानले यसरी बन्ने गोप्य आणविक सहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या उत्पन्न हुने भन्दै भारतीय प्रतिरक्षा प्रणाली विस्तारबारे चासो व्यक्त गरेको थियो ।
“भारतले छोटो दूरीमा हान्न सक्ने क्षेप्यास्त्रको एकपछि अर्को गर्दै परीक्षण गरिरहेको र यसले एसियाली मुलुकमा सुरक्षाका हिसाबले रणनीतिक सन्तुलनमा समस्या उत्पन्न हुनेछ,” पाकिस्तानले बिहीबार पत्रकारसँगको नियमित भेटमा बताएको थियो ।
पाकिस्तानको विदेश विभागका प्रवक्ता नफिज जकारियाले यसबारे विश्व समुदायको ध्यानाकर्षण गर्दै भारतीय यी कदमप्रति ख्याल गर्दै समग्र महादेशको सुरक्षा स्थितिप्रति संवेदनशील बनिदिन पनि उहाँले आग्रह गर्नुभएको भारतीय समाचार संस्था पिटिआईल जनाएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल