ह्वाइट हाउस, २९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई हार्दिक स्वागत गर्दै आपसी सम्वन्धलाई थप घनिष्ट बनाउने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शुक्रबार भएको वार्तापछि ट्रम्पले जापानको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्ध जनाउनुभयो ।
अमेरिका र जापानबीचको सम्वन्ध प्रशान्त क्षेत्रको शान्तिका लागि महत्वपूर्ण भएको ट्रम्पले बताउनुभएको थियो ।
भेटमा जापानका प्रधानमन्त्री आबेले उत्तर कोरियाबाट रहेको परमाणु खतरा दुवै देशका लागि उच्च प्राथमिकता भएको बताए ।
दुवै नेताले दुई देशबीचको व्यापार र आर्थिक सम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
भेटबार्तापछि भएको संयुक्त सम्मेलनमा ट्रम्पले जापानलाई एउटा महत्वपूर्ण र दृढ सहयोगीका रुपमा दुइपक्षीय सम्बन्धलाई थप निकट बनाउन प्रतिबद्धता जनाउनुभएको थियो ।
सामरिक दृष्टिकोणले महत्वपूर्ण रहेका वकिनावा टापूसहित जापानका अन्य क्षेत्रमा अमेरिकी सेनाले आफ्नो महत्वपूर्ण उपस्थिति जनाउँदै आएको छ । यस विषयमा पनि उहाँहरुकाबीचमा गम्भिर कुराकानी भएको बताइएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल