लस एन्जेल्स् , २८ माघ । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरुको बाहुल्यता रहेका सात देशका व्यक्तिहरुलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने निर्णयको विरुद्धमा फैसला गरेको छ ।
नयाँ राष्ट्रपतिको विवादास्प्रद कार्यकारी निर्णयलाई सान फ्रान्सीस्को प्रान्तीय पुनरावेदन अदालतले तत्कालका लागि रोक लगाएको हो ।
आफ्नो निर्णय विरुद्ध अदालतको आदेश आएपछि राष्ट्रपति ट्रम्पले ट्विटमा लेख्नु भएको छ, “हामी पुनः अदालतमा भेटौला, देशको सुरक्षा अझैपनि दाउमै छ ।” उहाँको यो भनाईले सो मुद्धा अब सर्वोच्च अदालतमा लगिने संकेत गरेको छ ।
ट्रम्पले इराक, इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका जनतालाई ९० दिनको लागि प्रवेशप्रतिवन्ध गराउनु भएको थियो ।
राष्ट्रपति ट्रम्पले गत जनवरी २७ मा आतङ्ककारी गतिविधिलाई नियन्त्रण गर्न भन्दै मुसलमान बाहुल्यता रहेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउनु भएको थियो ।
अदालतले भने ट्रम्पले भनेजस्तो ती सात देशहरुबाट आतङकवादीहरुको खतरा रहेको भन्ने पर्याप्त प्रमाण नभएको तर्क गरेको छ ।
अदालतको पछिल्लो निर्णयपछि अदालत लोकप्रिय भएको छ भने ट्रम्प फेरी आलोचनाको पात्र बन्नु भएको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने