काबुल, २८ माघ । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा उहाँहरुले समसामयिक विषयमा कुराकानी गर्नुभएको अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ ।
आतङ्कवादी र अतिवादी विरुद्धको लडाइका विषयमा फोनबार्ता केन्द्रीत भएको कार्यालयद्वरा जारी वक्तव्यमा जनाइएको छ ।
दुई नेताहरुले अफगानिस्तानको सुरक्षा अवस्था, विकासको अवस्था, लगानी र आर्थिक अवस्थाका बारेमा पनि छलफल गर्नुभएको थियो ।
“उहाँहरुले दुई देशको आपसी सहकार्य, दुई पक्षीय स्वार्थ र चुनौतीका विषयमा छलफल गर्नुभएको छ,” वक्तव्यमा भनिएको छ ।
अफगानिस्तानका राष्ट्रपति घानीले सुरक्षा जिम्मेबारी निर्वाह गर्न निकै गाह्रो भइरहेको अफगानिस्तानको राष्ट्रिय सुरक्षा फौजलाई आवश्यक सहयोगका बारेमा बताउनुभएको थियो ।
काबुल र बासिङ्गटनको राणनीतिक संवन्धका बारेमा उहाँहरुले छलफल गर्नुभएको वक्तव्यमा उल्लेख छ । कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले घानीलाई चाडै नै भेट्न चाहेको बताउनुभएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल