काबुल, २४ माघ । अफगानिस्तानमा सन् २०१६ मा मात्रै झन्डै ११ हजार ५०० जना नागरिक प्रभावित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा प्रभावित हुनेहरुमध्ये एक तिहाई बालबालिका रहेका छन् ।
प्रभावित हुनेहरु ११ हजार ४८१ जनामध्ये तीन हजार ४९८ जनाको मृत्यु भएको छ भने सात हजार ९२० जना घाइते भएका छन् । यो सङ्ख्या सन् २०१५ कोभन्दा तीन प्रतिशत बढी हो ।
मानवीय क्षतीको यो विवरणले अफगानिस्तानमा युद्धका कारण असुरक्षा थप बढ्दै गएको देखाएको छ ।
सरकारी सुरक्षा फौज र विद्रोही लडाकुहरुकाबीचमा भएका भिडन्तमा परी उनीहरुको मृत्यु भएको हो । युद्ध अफगानिस्तानको ३४ प्रान्तमा फैलिएको छ ।
तथ्याङ्कले हवाई आक्रमणमा पर्नेको सङ्ख्या पनि गत वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै रहेको देखाएको छ ।
सन् २०१६ मा हवाई आक्रमणमा परी प्रभावित हुने ५९० जनामध्ये २५० जनाको मृत्यु भएको थियो । यो तथ्याङ्क सन् २०१५ को भन्दा झन्डै दोब्बर हो ।
प्रभावित हुनेमध्ये अत्याधिक धेरै अर्थात् ६१ प्रतिशत सरकार विरोधी रहेका छन् भने सरकार समर्थक २४ प्रतिशत रहेका छन् । सरकार विरोधीमा तालिवानी लडाकु, इश्लामिक स्टेट (आईएस) लडाकुलगायत रहेका छन् ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने