रियाद, २४ माघ । साउदी अरबका २७ ओटा विमानस्थल आउदो सन् २०१८ को मध्य देखि निजि कम्पनीहरुले चलाउने भएका छन् ।
विमानस्थललाई स्वतन्त्र संस्थाको रुपमा चल्ने दिने योजना अनुसार निजिकरण गर्न लागिएको स्थानीय एक पत्रिकाले सोमबार लेखेको छ ।
साउदी नागरिक उड्डयनले ती विमानस्थललाई निजिकरण गर्नका लागि विदेशी लगानीकर्तालाई आकर्षण गर्न चाहेको पनि पत्रिकामा लेखिएको छ ।
नागरिक उड्डयनका उपाध्यक्ष डा. फैसल अल साक्विरले पनि विमानस्थलका लागि विदेशी लगानीकर्ताहरु आउने विश्वास व्यक्त गर्नुभयो ।
“इकोनोमिक भिजन – २०३०” अन्तर्गत साउदी अरबले गत हप्ता मात्रै सरकारका १६ ओटा निकायलाई निजिकरण गर्ने घोषणा गरेको थियो । यो निजिकरण कार्यक्रमको पहिलो चरण हो ।
सरकारले १४७ ओटा सरकारी निकाय र ८५ ओटा राज्यका आयोजनाहरुलाई निजिकरणका लागि छनौट गर्ने भएको छ ।
तेलको युग सकिएपछिको समयका लागि साउदी अरबले सुरु गरेको निजिकरणको राम्रा कदमहरुले विदेशी तथा स्थानीय लगानीकर्ताहरुलाई आकर्षीत गर्ने विश्वास लिइएको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने