इस्तानबुल (टर्की), २३ माघ । टर्कीको आतङ्कवाद नियन्त्रणका लागि खटिएको प्रहरीले इस्लामिक स्टेट (आईएस) समूह विरुद्धको अभियानअन्तर्गत आईएससँग संलग्नता रहेको आशङ्कामा ४४५ जनालाई प्रहरी नियनत्रणमा लिइएको राज्य सञ्चालित समाचार संस्था, एनादोलु न्युज एजेन्सीले जनाएको छ ।
एनादोलुका अनुसार पक्राउ परेका ६० जना विदेशी नागरिक भएका र टर्कीमा आईएस समूहका गतिविधिमा संलग्न भएको आरोप छ ।
इस्तानबुल, गाजियनटेपलगायतका सिरियाली सीमा क्षेत्रका सहरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
नयाँ वर्षको अवसरमा मनोरञ्जन गरिरहेका ३९ जनाको ज्यान जाने गरी भएको आक्रमणको आईएस आवद्ध टर्कीका विभिन्न समूहहरुमाथि छानबिन गर्ने क्रममा एक महिनाको अन्तरालमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
आईएसको अन्नर्राष्ट्रिय सङ्गठनले टर्कीमा आफ्ना विभिन्न सहयोगी समूह रहेको दाबी गरेपछि टर्की सरकारले विभिन्न समूहका गतिविधिलाई शङ्का गर्दै छानबिनका लागि उनीहरुका सदस्यलाई प्रहरी हिरासतमा लिएको हो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल