जुवा (दक्षिण सुडान), २२ माघ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयोग मामिला हेर्ने सङ्गठन (ओसिएचए)ले दक्षिण सुडानका द्वन्द्वग्रस्त समुदायमा खाद्यान्न अभाव हुने खतरा रहेको बताएको छ ।
ओसिएचएको खाद्यान्न सुरक्षा तथा जीवनयापन मामिला विज्ञले दक्षिण सुडानी नागरिकले सन् २०१७ को फेबु्रअरीदेखि जुलाईसम्म गम्भीरखालको खाद्यान्न समस्या भोग्ने अवस्था आएको बताएका सङ्गठनको पछिल्लो प्रतिवेदनमा जनाइएको छ ।
दक्षिण सुडानमा सो समय स्थानीय बाली भित्र्याउने समय भए पनि कुपोषणको अवस्था असाध्यै तीव्र रहेको ओसिएचएले सन् २०१६ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म गरेको सर्भेक्षणले जनाएको हो ।
सर्भेक्षणले दक्षिण सुडानमा खाद्यान्न सङ्कट उच्च बन्नुमा मुद्राको अवमूल्यन, मुख्य सडकमा रहेको असुरक्षा, औसतभन्दा कम उत्पादन, स्थानीय बजारमा खाद्यान्न भण्डारणको कमी देखाएको छ ।
मुद्राको अवमूल्यन र खाद्यान्न भण्डारणलगायतमा कमी हुँदा यहाँ खाद्यान्नको मूल्य वृद्धिमा अहिलेसम्मकै उच्च देखिएको अध्ययन प्रतिवेदनमा देखाइएको छ ।
खासगरी जुवा, वाउ र अवैलीजस्ता सहरी क्षेत्रमा पनि बसोबास गर्ने करिब चार लाख मानिसको उच्च खाद्य सङ्कटको पीडा भोग्न बाध्य रहेका राष्ट्रसङ्घले जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने