जुवा (दक्षिण सुडान), २२ माघ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयोग मामिला हेर्ने सङ्गठन (ओसिएचए)ले दक्षिण सुडानका द्वन्द्वग्रस्त समुदायमा खाद्यान्न अभाव हुने खतरा रहेको बताएको छ ।
ओसिएचएको खाद्यान्न सुरक्षा तथा जीवनयापन मामिला विज्ञले दक्षिण सुडानी नागरिकले सन् २०१७ को फेबु्रअरीदेखि जुलाईसम्म गम्भीरखालको खाद्यान्न समस्या भोग्ने अवस्था आएको बताएका सङ्गठनको पछिल्लो प्रतिवेदनमा जनाइएको छ ।
दक्षिण सुडानमा सो समय स्थानीय बाली भित्र्याउने समय भए पनि कुपोषणको अवस्था असाध्यै तीव्र रहेको ओसिएचएले सन् २०१६ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म गरेको सर्भेक्षणले जनाएको हो ।
सर्भेक्षणले दक्षिण सुडानमा खाद्यान्न सङ्कट उच्च बन्नुमा मुद्राको अवमूल्यन, मुख्य सडकमा रहेको असुरक्षा, औसतभन्दा कम उत्पादन, स्थानीय बजारमा खाद्यान्न भण्डारणको कमी देखाएको छ ।
मुद्राको अवमूल्यन र खाद्यान्न भण्डारणलगायतमा कमी हुँदा यहाँ खाद्यान्नको मूल्य वृद्धिमा अहिलेसम्मकै उच्च देखिएको अध्ययन प्रतिवेदनमा देखाइएको छ ।
खासगरी जुवा, वाउ र अवैलीजस्ता सहरी क्षेत्रमा पनि बसोबास गर्ने करिब चार लाख मानिसको उच्च खाद्य सङ्कटको पीडा भोग्न बाध्य रहेका राष्ट्रसङ्घले जनाएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल