बान्जुल, २० माघ । गाम्बियाका राष्ट्रपति आडामा ब्यारोले बुधबार दश जना मन्त्री नियुक्त गरी बिहीबार उनीहरुलाई सपथग्रहण गराउनुभएको छ ।
उहाँको अस्थाई कार्यालयका रुपमा रहेको कैराब होटलमा सपथग्रहण समारोह भएको थियो । उहाँ अझैपनि राष्ट्रपतिको कार्यालय जानुभएको छैन ।
राष्ट्रपतिको कार्यालय अझैसम्म पनि पश्चिम अफ्रिकी देशको आर्थिक समूह (इकोवास)का सेनाको नियन्त्रणमा रहेको छ । निवर्तमान राष्ट्रपति याह्य जमेहले कार्यालय त्यागेको केही समयपछि राष्ट्रपति कार्यालय उनीहरुले नियन्त्रणमा लिएका हुन् ।
“यो नयाँ गाम्बिया हो, गाम्बियाको वास्तविकता यो मन्त्रीपरिषद्मा झल्कीएको छ,” समारोहमा राष्ट्रपति ब्यारो भन्नुभयो ।
उहाँले सञ्चार तथा जनसम्पर्क निर्देशकमा अमै बोजाङ सिसोहोलाई नियुक्त गर्नुभएको छ ।
एक हप्ता अगाडि सेनेगलबाट फर्किएपछि उहाँले अहिलेसम्म १२ जनालाई नियुक्त गर्नुभएको छ ।
ब्यारोले सात ओटा राजनीतिक दल र एक जना स्वतन्त्र सांसद रहेका दल तथा सांसदसँग गठबन्धन बनाउनुभएको छ ।
अधिकांश पार्टीका नेतालाई गठबन्धन सरकारको मन्त्री बनाइएको छ । स्वतन्त्रता र समाजवादका लागि जनताको लोकतान्त्रिक सङ्गठन नामक पार्टीका नेता हालीफा साल्लाहलाई भने मन्त्री बनाइएको छैन । उहाँलाई पुनःब्यारोको प्रवक्ता बनाइएको छ ।
अहिले नियुक्त भएका मन्त्रीमा एक जना मात्रै महिला पर्नुभएको छ । महिला मन्त्री डा इसाटौ टौरीलाई व्यापार, उद्योग तथा रोजगार मन्त्रालयको जिम्मेबारी दिइएको छ ।
गाम्बियाका निवर्तमान राष्ट्रपति याह्या जामेहले करिब १० दिन अगाडि राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलितुम्बासहित गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन हुनुभएको थियो
गाम्बियामा सत्ता हस्तान्तरण सम्बन्धमा धेरै दिनसम्मको उतार–चढाव, खिँचातानी र झन्डै सुरु हुनलागेको रक्तपातपूर्ण विद्रोहपश्चात् पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको मध्यस्थतामा निवर्तमान राष्ट्रपति जामेहले अन्ततोगत्वा सत्तामोह त्याग गर्नुभएको थियो ।
राष्ट्रपति जामेह सन् १९९४ को जुलाई महिनामा भएको रक्तपातपूर्ण सैनिक विद्रोहको माध्यमबाट शक्ति हातमा लिई जबर्जस्ती गाम्बियाको शासन सत्तामा आउनुभएको थियो ।
चारैतर्फबाट यसको विरोध भएको र पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको दबाबपछि उहाँले देशमा देखावटी निर्वाचनको प्रणाली बसाल्नुभएको थियो ।
तर गत डिसेम्बरको राष्ट्रपतीय निर्वाचनमा प्रतिपक्षी दलका उम्मेदबार आडामा ब्यारोको अप्रत्याशित विजय हुनुभएको थियो ।
उहाँ सुरु सुरुमा उक्त निर्वाचन परिणाम स्वीकार गर्न तयार हुनुभएको थियो । तर, पछि गएर कसैको उक्साहटमा लागेर हो वा अन्य कुनै कारणवश, उहाँले निर्वाचन परिणाम स्वीकार गर्ने प्रजातान्त्रिक आचरण र संस्कार प्रदर्शन गर्नु सट्टा निर्वाचनमा धाँधली गरी आफूलाई हराइएको, आफूविरुद्ध षड्यन्त्र रचिएको जस्ता गैर जिम्मेवार र अनर्गल प्रलाप गर्न पट्टि लाग्नुभएको थियो ।
यता, नवनिर्वाचित विजेता राष्ट्रपति आडामा ब्यारो भने राष्ट्रपति जामेहले उत्पन्न गराउन सक्ने खतराबाट बच्न छिमेकी राष्ट्र सिनेगल पुग्नुभएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल