
बेलायती महारानीका प्रतिनिधि लर्ड लेफ्टिनेन्ट डेभिड ब्रिग्स् (एमबीइ) बाट अवार्ड ग्रहण गर्दै होम इन्सटिडका प्रवन्ध निर्देशक एवं सिनियर केयर मार्टिन जोन्स (बायां)
लन्डन । वृद्धवृद्धाको हेरचाहमा समर्पित नेपालीद्वारा सञ्चालित लन्डनको एउटा केयर होमले क्वीन्स् अवार्ड प्राप्त गरेको छ । नेपाली व्यवसायी फत्त थापाद्वारा सञ्चालित ‘होम इन्सटिड’ ले इन्टरप्राइज -इनोभेसनका लागि ‘दि क्वीन्स् अवार्ड २०१६’ प्राप्त गरेको कम्पनीले जनाएको छ । झण्डै ५० वर्ष यता प्रदान गरिंदै आएको उक्त अवार्ड यूके बिजनेशभित्र प्रतिष्ठित मानिन्छ ।
एक भव्य समारोहबीच बेलायती महारानीका प्रतिनिधि लर्ड लेफ्टिनेन्ट डेभिड ब्रिग्स् (एमबीइ) ले होम इन्सटिडका प्रवन्ध निर्देशक एवं सिनियर केयर मार्टिन जोन्सलाई अवार्ड प्रदान गरेका थिए ।
लन्डन ग्रीनवीचमा अवस्थित उक्त केयर होमले ग्रीनवीच र बेक्स्लीका ६० जना वृद्धवृद्धाको हेरचाह र सेवा गर्दै आएको छ । साथै उसले ४० जनालाई रोजगारी दिएको छ ।
होम इन्सटिडका निर्देशक फत्त थापाले इन्टरप्राइज – इनोभेसनका लागि क्वीन्स् अवार्ड पाउने आफ्नो पहिलो होम केयर भएको जनाउंदै उक्त अवार्डले सेवा प्रदान गर्न थप जिम्मेवार बनाएको बताए ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने