सोल, १९ माघ । संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने स्पष्ट पार्नु भएको छ ।
आफ्नो मातृदेशमा मङ्गलबार भएको आकस्मिक पत्रकार सम्मेलनमा उहाँले आफू राष्ट्रपतिको दौडमा नभएको स्पष्ट पार्नु भएको हो ।
देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छा शक्तिलाई देशका नेतामार्फत् लगाउने पनि बानले संवाददातालाई बताउनुभयो । उहाँले आफ्नो यो निर्णयबाट आफ्ना सुभेच्छुकलाई चित्त दुःखेपनि आफू राष्ट्रपतिको उम्मेदवार नहुने जानकारी दिनुभयो ।
उहाँले अहिलेसम्म कहिल्यै पनि आफू राष्ट्रपतिका लागि उम्मेदवार हुने औपचारिक रुपमा कहीँ बताउनुभएको छैन । उहाँले आयोजना गर्नुभएको पत्रकार सम्मेलन कुनै पूर्वतयारीबिना भएको थियो । उहाँ गत जनवरी १२ मा मात्रै आफ्नो देश दक्षिण कोरिया फर्किनु भएको हो ।
मुनले सम्हालेको संयुक्त राष्ट्रसङ्घको सबैभन्दा माथिल्लो पदको दोस्रो पाँचवर्षे कार्यकाल गत वर्षको अन्तिममा सम्पन्न भएको थियो । उहाँले आफूसँग सहकार्य गर्न चाहने तथा सहयोग लिन चाहाने जो सुकैलाई पनि आफूले सहयोग र सल्लाह दिन सक्ने बताउनुभएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा