
जेनेभा (स्वीट्जरल्यान्ड), १७ माघ । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद विन राद जैयद अल हुसैनले अमेरिकी राष्ट्रपतिद्वारा अमेरिका भ्रमणमा खासगरी इस्लामिक मुलुकका विदेशीलाई लक्षित गरी लगाइएको प्रतिबन्ध गैरकानुनी भएको बताउनुभएको छ ।
ट्वीटरमार्फत कमैमात्र प्रतिक्रिया दिनु हुने मानव अधिकारवादी नेता जैयदले ट्रम्पको कदमलाई ‘गैरकानुनी र तुच्छ’ मानसिकताको संज्ञा दिनुभएको छ ।
राष्ट्रियताका आधारमा मात्रै कसैमाथि भ्रमण गर्न नपाउनेगरी प्रतिबन्ध लगाइनु मानवअधिकार कानुनको उल्लङ्घन हो भन्दै जैयदले ट्रम्पको निर्णय उक्त कानुनको बर्खिलाप भएको दाबी गर्नुभएको छ ।
जैयदले सन्देशमा ट्रम्पबाट आएको उक्त निर्णयले वास्तविक रुपमा आतङ्कवादविरुद्धको अभियानलाई प्रभावित पार्ने बताउनुभएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपतिद्वारा इस्लामिक राष्ट्रहरु इराक, इरान, सिरिया, सुडान, सोमालिया, लिबिया र यमनका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने निर्णयको इराकी संसदमा व्यापक विरोध भएको छ ।
इराकी संसदले ट्रम्पद्वारा इस्लामिक राष्ट्रमाथि लगाएको प्रतिबन्धको प्रतिक्रिया स्वरुप अमेरिकी नागरिकलाई पनि इराक प्रवेशमा रोक लगाउने पक्षमा मतदान गरेको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल