टोरन्टो । क्यानडाको टोरन्टो शहरमा गत साता आयोजित एक भेलाका सहभागी एनआरएनले लगानीका लागि उपयुक्त र सहज वातावरण बनाउन नेपाल सरकारसमक्ष आग्रह गरेका छन्।
गत जनवरी २२ तारिखका दिन एनआरएनए क्यानडाद्वारा आयोजित ‘नेपालमा लगानी गरौं’ भन्ने एक अन्तरक्रियामा बोल्दै वक्ताहरुले नेपालमा अझै लगानीकालागि सुरक्षित र जोखिमरहित वातावरण बन्न नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्य, एनआरएनए अमेरिकाका अध्यक्ष डा केशब पौडेल, एनआरएनए यूकेका सल्लाहकार रामशरण सिंखडा लगायतका वक्ताहरुले नेपालमा बौद्धिक तथा आर्थिक लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आव्हान पनि गरे ।
एनआरएनए क्यानडाले एनआरएनए आइसीसीलाई नेपालमा लगानी गर्नका लागि सुरक्षित र उपयुक्त वातावरण बनाउन नेपाल सरकारसंग पहल गर्न आव्हान गरेको छ। त्यस्तै प्रवासमा बसेका सबै नेपालीहरुले ठूलो रकम लगानी गर्न नसक्ने हुनाले ससानो रकम पनि लगानी गर्ने वातावरण बनाउन पनि आव्हान गरिएको छ ।
क्यानडामा गैरआवासीय नेपालीहरुको सक्रियतामा शुरु गरिएको हातेमालो समूहको उदाहरण दिंदै एनआरएनए क्यानडाले सामूहिक लगानीलाई प्रोत्साहित गर्नुपर्ने सुझाव पनि दिएको छ । सो अवसरमा हातेमालो फाइनेन्सियल इंकका कोषाध्यक्ष कमल पौडेलले एक प्रस्तुति पनि दिएका थिए ।
तुला भट्टचनले संयोजन गरेको उक्त कार्यक्रममा एनआरएनए एनसीसी क्यानडाका अध्यक्ष तुल्सीप्रसाद सापकोटाले सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा क्यानडास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार