वाशिङ्गटन, १४ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अभियानका बखत ब्यक्त गर्नुभएको मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने घोषणा अब कार्यान्वयन हुने प्रक्रियामा रहेको जनाइएको छ ।
संयुक्त राज्य अमेरिकाको दक्षिणतर्फ मेक्सिकोको सीमाक्षेत्र एकहजार नौसय चवन्न माइल (लगभग तीन हजार एकसय सत्ताइस किलोमिटर) लम्बाइमा फैलिएको छ ।
यस सीमाक्षेत्रको धेरैजसो स्थानमा कतै स्टीलबाट निर्मित पाताका अग्ला र बलिया बार, कतै काँडेदार तारका लखाकी त कतै तारजालीका बार ठड्याई एक हदसम्म सीमा सुरक्षा गरिएका छन् । तर, अब भने ती धातुका बार बेर हटाई पक्की पर्खाल निर्माण हुने भएको छ ।
सुरुमा, यस पर्खाल निर्माण गर्दा लाग्ने लागत खर्च मेक्सिकोलाई पनि बेहोर्न लगाउनुपर्छ भन्ने सोचाइमा राष्ट्रपति ट्रम्प रहनुभएको थियो र कतैकतै उहाँले यो कुरा उठाउनु पनि भएको थियो ।
तर, अमेरिकाको यस्तो प्रस्तावले झस्कनु भएका मेक्सिकोका राष्ट्रपति इनरिक पेना नीटोले सो प्रस्ताव सुन्ने बित्तिकै मेक्सिकोले उक्त पर्खाल निर्माण परियोजनामा एक पैसा पनि नलगाउने भनी टक्टकिनुभएको थियो ।
राष्ट्रपति नीटो अरबौँ डलरको लागत रहेको पक्कि पर्खाल निर्माण गर्ने कार्यको बिरोधमा रहनुभएको र यसलाई नचाहिँदो खर्च बताउनुहुन्छ ।
मेक्सिकोले पर्खाल निर्माणको आंशिक लागत नबेहोर्ने भनी दोहोरयाई तेहोरयाई जनाएपछि राष्ट्रपति ट्रम्प पर्खाल निर्माण खर्च जुटाउने अर्कै उपाय अबलम्बन गर्नपट्टि लाग्नुभएको छ ।
ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले बताउनु भएअनुसार मेक्सिकोबाट अमेरिका आयात हुने सबैथरी सरसामानमा थप बीस प्रतिशत भन्सार महसुल तथा कर असुल गरी यस रकम पर्खाल निर्माणमा खर्च गरिने नयाँ प्रस्ताव राष्ट्रपति ट्रम्पले राख्नुभएको छ । यस नयाँ प्रस्ताव सम्बन्धमा अमेरिका भित्रै र बाहिर पनि बिभिन्न खाले प्रतिक्रिया आइरहेका छन् ।
राष्ट्रपति ट्रम्पलाई भोट दिएर जिताउने, मेक्सिकोसँग सीमा टाँस्सिएको एरिजोना राज्यको प्रान्तीय राजधानी फिनिक्स निवासीहरु अधिकांशले पर्खाल निर्माण प्रस्तावको समर्थन र स्वागत गर्दै हर्ष प्रकट गरेका छन् ।
निर्वाचन अभियानको क्रममा ट्रम्पले आँट्नु भएको ठूलो राष्ट्रिय योजना अब कार्यान्वयन हुन लागेकोमा खुशी देखिन्छन् उनीहरु ।
वारका पार पर्खाल निर्माण भएमा ठूलो परिमाणमा लागू पदार्थको तस्करी भई अमेरिका छिराउने प्रमुख मार्ग वैध वा अवैध जुनसुकै तरिकाबाट भएपनि आप्रवासीहरुको ओइरो लाग्ने द्वार सदाका लागि बन्द हुने, पारिपट्टि जहिले पनि मारपीट, गोली हानाहान, हिंसा हत्या र कहिलेकाहिँ त तस्करका दुइथरी समूहबीच चल्ने भयानक नरसंहार देख्नु, सुन्नु, बेहोर्नु नपर्ने बताउँछन् एरिजोना, क्यालिफोर्निया र टेक्सास निवासीहरु ।
यता, अमेरिकी अर्थ विश्लेषक भने मेक्सिकाली उत्पादनको आयातमा भन्सार तथा कर महसूल वृद्धि नै एक भरपर्दो र समुचित आयश्रोत नहुने बताउँछन् ।
यही आयकै भरमा पर्खाल निर्माण गर्छु भन्नु ब्यर्थको एक प्रलाप मात्र हुनजाने प्रतिक्रिया रहेको छ अर्थविद्हरुको । पर्खाल निर्माणको लागत जुटाउने सम्बन्धमा राष्ट्रपति ट्रम्पसँग ठोस कार्य योजना नभएको र विश्वसनीय आर्थिक श्रोत ठेगान लागेपछि मात्र निर्माण कार्य सुरु गर्नु बेस हुने सुझाव पनि उनीहरुले दिएका छन् ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने