वाशिङ्गटन, १४ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अभियानका बखत ब्यक्त गर्नुभएको मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने घोषणा अब कार्यान्वयन हुने प्रक्रियामा रहेको जनाइएको छ ।
संयुक्त राज्य अमेरिकाको दक्षिणतर्फ मेक्सिकोको सीमाक्षेत्र एकहजार नौसय चवन्न माइल (लगभग तीन हजार एकसय सत्ताइस किलोमिटर) लम्बाइमा फैलिएको छ ।
यस सीमाक्षेत्रको धेरैजसो स्थानमा कतै स्टीलबाट निर्मित पाताका अग्ला र बलिया बार, कतै काँडेदार तारका लखाकी त कतै तारजालीका बार ठड्याई एक हदसम्म सीमा सुरक्षा गरिएका छन् । तर, अब भने ती धातुका बार बेर हटाई पक्की पर्खाल निर्माण हुने भएको छ ।
सुरुमा, यस पर्खाल निर्माण गर्दा लाग्ने लागत खर्च मेक्सिकोलाई पनि बेहोर्न लगाउनुपर्छ भन्ने सोचाइमा राष्ट्रपति ट्रम्प रहनुभएको थियो र कतैकतै उहाँले यो कुरा उठाउनु पनि भएको थियो ।
तर, अमेरिकाको यस्तो प्रस्तावले झस्कनु भएका मेक्सिकोका राष्ट्रपति इनरिक पेना नीटोले सो प्रस्ताव सुन्ने बित्तिकै मेक्सिकोले उक्त पर्खाल निर्माण परियोजनामा एक पैसा पनि नलगाउने भनी टक्टकिनुभएको थियो ।
राष्ट्रपति नीटो अरबौँ डलरको लागत रहेको पक्कि पर्खाल निर्माण गर्ने कार्यको बिरोधमा रहनुभएको र यसलाई नचाहिँदो खर्च बताउनुहुन्छ ।
मेक्सिकोले पर्खाल निर्माणको आंशिक लागत नबेहोर्ने भनी दोहोरयाई तेहोरयाई जनाएपछि राष्ट्रपति ट्रम्प पर्खाल निर्माण खर्च जुटाउने अर्कै उपाय अबलम्बन गर्नपट्टि लाग्नुभएको छ ।
ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले बताउनु भएअनुसार मेक्सिकोबाट अमेरिका आयात हुने सबैथरी सरसामानमा थप बीस प्रतिशत भन्सार महसुल तथा कर असुल गरी यस रकम पर्खाल निर्माणमा खर्च गरिने नयाँ प्रस्ताव राष्ट्रपति ट्रम्पले राख्नुभएको छ । यस नयाँ प्रस्ताव सम्बन्धमा अमेरिका भित्रै र बाहिर पनि बिभिन्न खाले प्रतिक्रिया आइरहेका छन् ।
राष्ट्रपति ट्रम्पलाई भोट दिएर जिताउने, मेक्सिकोसँग सीमा टाँस्सिएको एरिजोना राज्यको प्रान्तीय राजधानी फिनिक्स निवासीहरु अधिकांशले पर्खाल निर्माण प्रस्तावको समर्थन र स्वागत गर्दै हर्ष प्रकट गरेका छन् ।
निर्वाचन अभियानको क्रममा ट्रम्पले आँट्नु भएको ठूलो राष्ट्रिय योजना अब कार्यान्वयन हुन लागेकोमा खुशी देखिन्छन् उनीहरु ।
वारका पार पर्खाल निर्माण भएमा ठूलो परिमाणमा लागू पदार्थको तस्करी भई अमेरिका छिराउने प्रमुख मार्ग वैध वा अवैध जुनसुकै तरिकाबाट भएपनि आप्रवासीहरुको ओइरो लाग्ने द्वार सदाका लागि बन्द हुने, पारिपट्टि जहिले पनि मारपीट, गोली हानाहान, हिंसा हत्या र कहिलेकाहिँ त तस्करका दुइथरी समूहबीच चल्ने भयानक नरसंहार देख्नु, सुन्नु, बेहोर्नु नपर्ने बताउँछन् एरिजोना, क्यालिफोर्निया र टेक्सास निवासीहरु ।
यता, अमेरिकी अर्थ विश्लेषक भने मेक्सिकाली उत्पादनको आयातमा भन्सार तथा कर महसूल वृद्धि नै एक भरपर्दो र समुचित आयश्रोत नहुने बताउँछन् ।
यही आयकै भरमा पर्खाल निर्माण गर्छु भन्नु ब्यर्थको एक प्रलाप मात्र हुनजाने प्रतिक्रिया रहेको छ अर्थविद्हरुको । पर्खाल निर्माणको लागत जुटाउने सम्बन्धमा राष्ट्रपति ट्रम्पसँग ठोस कार्य योजना नभएको र विश्वसनीय आर्थिक श्रोत ठेगान लागेपछि मात्र निर्माण कार्य सुरु गर्नु बेस हुने सुझाव पनि उनीहरुले दिएका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने