काठमाडौं। निरन्तर छलफल गरेर नयाँ संविधानको अन्तरवस्तुको टुङ्गोमा पुर्याउने प्रमुख तीन राजनीतिक दलको एजेण्डा भएपनि पहिलो दिनको बैठक निष्कर्षविहीन बनेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका तीन तीन शीर्ष नेताहरु सम्मिलित बैठकमा कुनै ठोस सहमति बन्न नसकेको नेताहरुले बताएका छन् । 
काठमाडौंको काँठमा रहेको गोकर्ण फरेस्ट रिसोर्टमा बिहानैदेखि राति अबेरसम्म भएका अनौपचारिक तथा औपचारिक बैठकमा तीन दलले अडान दोहोएका एक नेताले बताए । ‘वार्तामा दलहरुले पुरानौ विषय दोहोर्यपछि भोली (बुधबार) हुने बैठकका लागि गृहकार्यका लागि केही नेताहरु गोकर्ण बस्ने भएका छन्,’ एक नेताले भने ।
बिहान ९ बजेदेखि नै छलफलका लागि जुटे पनि दिउँसो ३ बजेतिर मात्र ३ दलका ९ नेताको औपचारिक वार्ता सुरु भएको थियो। त्यो पनि आधा घन्टामै टुंगिएको थियो। दिनभर नै आन्तरिक र बहुपक्षीय छलफल भने जारी थियो। तीन दलका ६ नेताबीच विवादित विषयमा राति अबेरसम्म पनि वार्ता जारी थियो।
एमाले अध्यक्ष केपी ओली संक्रमित हातको ड्रेसिङ गर्न अस्पताल गएका थिए। आधा घन्टाको औपचारिक छलफलपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएका थिए। बुधबार बिहान ९ बजे फेरि छलफल थाल्ने गरी उनीहरु रिसोर्टबाट बाहिरिएको स्रोतले जनायो ।
गृहकार्यका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेको तर्फबाट पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल छन् । त्यसैगरी माओवादीका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सहभागिता छ।
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा