मोगादिसु, १३ माघ । मोगादिसुको प्रख्यात होटेलमा बुधबार अतिवादी बन्दुकधारीहरुले गरेका आक्रमणमा परी एघार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० भन्दा बढी घाइते भएका प्रहरीस्रोतले जानकारी दिएको छ
आँधीको रूपमा होटेलका आएर अतिवादी बन्दुकधारी कब्जा गरेका होटेल हाल प्रहरीले नियन्त्रण्मा लिएको छ । बदुन्कधारीहरूले होटेलको भवनभित्र जानका लागि बल प्रयोग गरेको र यसै क्रममा सुरक्षा गार्ड र बन्दुकधारीबीच दोहोरो गोली हानाहानसमेत भएको थियो ।
यस आक्रमणको अल कायदासँग आवद्ध साबाब आतङ्ककारी समूहले जिम्मा लिएका थिए । सोमाली संसद् नजिकै रहेको दयाह होटेलमा अतिवादी बनदुकधारीले नियन्त्रण गरेर आक्रमण गरेका थिए ।
आँधीको रूपमा आएका बन्दुकधारीले होटेलको प्रवेशद्वारमा रहेको सुरक्षा गार्डहरूसँग दोहोरो गोली हानाहान गरेको प्रहरी अधिकारी इब्राहिम मोहमदले जानकारी दिएका छन् ।
यस आक्रमणमा सुरक्षा अधिकारी, सर्वसाधारण नागरिक र साबाब समूहमा चार आतङ्ककारीको मृत्यु भएको र अन्य ५० जना घाइते भएका छन् ।
यस आक्रमणमा घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतक सङ्ख्या बढ्नसक्ने समेत अनुमान गरिएको छ ।
साबाब आतङ्ककारी समूहले एक विज्ञप्ति प्रकाशित गरी सो आक्रमण गराएको जानकारी दिएका थिए ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल