
सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत स्टाफन डि मिस्टुरा सिरिया शान्ति वार्ताका लागि काजकिस्तान आइपुग्दा । तस्विरः एपी
अस्ताना (काजकिस्तान), ११ माघ । द्वन्द्वग्रस्त सिरियामा शान्ति स्थापनार्थ रसिया, टर्कीको पहलमा गरिएको युद्धबिराम सम्झौतापछिको वार्ता प्रक्रियालाई अगाडि बढाउन त्रिदेशीय संयन्त्र गठन गरी शान्ति वार्ताको अनुगमन गर्ने सहमति भएको छ ।
सिरिया द्वन्द्व अन्त्यका लागि मङ्गलबार भएको संयन्त्र गठन गर्ने सहमति भएको र रसिया, टर्की र इरानी प्रतिनिधि सम्मिलित संयन्त्रले सिरियाली राष्ट्रपति बसर अल असद प्रशासन र विद्रोहीबीच हुने वार्तालाई सम्झौताअनुरुप अगाडि बढ्न अभिप्रेरित गर्ने सहमति भएको काजकिस्तानका विदेशमन्त्री कैराट अब्द्राखमानोभले एक विज्ञप्ति जारी गरी बताउनुभएको छ ।
विदेशमन्त्री अब्द्राखमानोभका अनुसार वार्तालाई संयन्त्रले अनुगमन गर्ने र सकेसम्म छिटो टुङ्ग्याउन सरकार तथा विद्रोही पक्षलाई अभिप्रेरित गर्नेछ ।
सिरियाली सरकार र विद्रोहीवीच भएको युद्धविराम सम्झौता अनुरुप अस्तानास्थित एक होटलमा जनवरी २३ (सोमबार) देखि वार्ता शुरु भएको हो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल