बन्जुल, १० माघ । पश्चिम अफ्रिकी क्षेत्रीय सेनाको फौजले गाम्बियाको राजधानी बन्जुलमा रहेको राष्ट्रपति भवन नियन्त्रणमा लिएको छ ।
पराजित भएपछि पनि पद त्याग्न अस्वीकार गर्दै आउनुभएका निवर्तमान राष्ट्रपति याह्या जामेहले देश छोडेको भोलिपल्ट नै आइतबार अन्तर्राष्ट्रिय सेनाले राष्ट्रपति भवन नियन्त्रणमा लिएको हो ।
पश्चिमी अफ्रिकी मुलुकहरुको आर्थिक समूह (इकोवास)ले पठाएको सेनालाई राष्ट्रपति भवन नियन्त्रणमा लिन सुरुमा केही गाह्रो भएको थियो ।
राष्ट्रपति भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका उच्चअधिकारी र अन्तर्राष्ट्रिय सेनाका प्रमुखका बीचमा केही घन्टा वार्ता भएको थियो । “यहाँ केही समस्या छैन । हामी शान्ति चहान्छौँ । शान्ति नै राम्रो कुरा हो,” वार्ता चलिरहेका बेला राष्ट्रपति भवनमा सुरक्षाका लागि खटिएका गाम्बियाका एक सुरक्षाकर्मीले भन्नुभयो ।
निवर्तमान राष्ट्रपति जम्मेह राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलीतुम्बासहित शनिबार राति नै गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन हुनुभएको थियो ।
जाँदाजाँदै निवर्तमान राष्ट्रपति जामेहले निजी झोलीतुम्बा भन्दै कडा सुरक्षाका बीच थुप्रै ट्रकमा टनाटन सरसामान पनि ओसारी साथमै लैजान भ्याउनुभएको छ ।
गाम्बियामा सत्ता हस्तान्तरण सम्बन्धमा धेरै दिनसम्मको उतार–चढाव, खिचातानी र झन्डै सुरु हुन लागेको रक्तपातपूर्ण विद्रोहपश्चात् पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको मध्यस्थतामा निवर्तमान राष्ट्रपति जामेहले अन्ततोगत्वा सत्ता त्याग गर्नुभएको हो ।
पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनका प्रतिनिधिसँगको अन्तिम वार्ता र छलफलपछि गत शनिबार बेलुकी उहाँले सत्ता परित्याग गर्ने घोषणा गर्नुभएको थियो ।
निर्वासनमा जानुभन्दा केही समय अघि उहाँले गाम्बियाको सबै राजनीतिक समस्या शान्तिपूर्ण ढङ्गले सुल्झाउन सघाउने वचनबद्धता व्यक्त गर्नुभएको र यस क्रममा एक थोपा पनि रक्तपात आवश्यक नभएको बताउनुभएको जनाइएको छ ।
चारैतर्फबाट यसको विरोध भएको र पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको दबाबपछि उहाँले देशमा देखावटी निर्वाचनको प्रणाली बसाल्नुभएको थियो । तर गत डिसेम्बरको राष्ट्रपतीय निर्वाचनमा प्रतिपक्षी दलका उम्मेदवार आडमा ब्यारोको अप्रत्याशित विजयबाट उहाँ तर्सिनुभएको थियो ।
राष्ट्रपति जामेह सन् १९९४ को जुलाई महिनामा भएको रक्तपातपूर्ण सैनिक विद्रोहको माध्यमबाट शक्ति हातमा लिई जबर्जस्ती गाम्बियाको शासन सत्तामा आउनुभएको थियो ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा