वासिङ्टन, १० माघ । अमेरिकाको दक्षिणी राज्यहरुमा शनिबार र आइतबार तूफान आउँदा १८ जनाको मृत्यु भएको छ । साथै केही भौतिक संरचनामा पनि क्षति पुगेको छ ।
मिसिसिपी, अलाबामा, फ्लोरिडा र जर्जिया राज्यमा तूफानले बढी प्रभाव पारेको अधिकारीहरुले जनाएका छन् । १४ जनाको जर्जियामा र चार जनाको मिसिसिपीमा मृत्यु भएको पनि उनीहरुले बताएका छन् ।
जर्जियाका गभर्नर नथान डेअलले दक्षिणी जर्जियामा आइतबार सङ्कटकाल घोषणा गर्नुभएको छ ।
सङ्कटकाल व्यवस्थापन निकायका प्रवक्ता काथेरिन हाउडेनले जीवितलाई खोजी तथा उद्धारका लागि तालिम प्राप्त कुकुरहरु परिचालन गरिएको जानकारी दिनुभयो ।
अमेरिकाको राष्ट्रिय जलवायु तथा मौसम सेवाले फेरि पनि फ्लोरिडा र दक्षिण जर्जियामा तूफान आउन सक्ने चेतावनी दिएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल