वासिङ्टन, १० माघ । अमेरिकाको दक्षिणी राज्यहरुमा शनिबार र आइतबार तूफान आउँदा १८ जनाको मृत्यु भएको छ । साथै केही भौतिक संरचनामा पनि क्षति पुगेको छ ।
मिसिसिपी, अलाबामा, फ्लोरिडा र जर्जिया राज्यमा तूफानले बढी प्रभाव पारेको अधिकारीहरुले जनाएका छन् । १४ जनाको जर्जियामा र चार जनाको मिसिसिपीमा मृत्यु भएको पनि उनीहरुले बताएका छन् ।
जर्जियाका गभर्नर नथान डेअलले दक्षिणी जर्जियामा आइतबार सङ्कटकाल घोषणा गर्नुभएको छ ।
सङ्कटकाल व्यवस्थापन निकायका प्रवक्ता काथेरिन हाउडेनले जीवितलाई खोजी तथा उद्धारका लागि तालिम प्राप्त कुकुरहरु परिचालन गरिएको जानकारी दिनुभयो ।
अमेरिकाको राष्ट्रिय जलवायु तथा मौसम सेवाले फेरि पनि फ्लोरिडा र दक्षिण जर्जियामा तूफान आउन सक्ने चेतावनी दिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग