
बेइजिङ (चीन) र वेलिङ्गटन (न्युजिल्याण्ड), ९ माघ । अष्ट्रेलियाबाट उत्तरपूर्वमा पर्ने सोलोमोन द्विपमा स्थानीय समयानुसार आइतबार अपराह्नः १२ः३० मा ७.९ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प सञ्जाल केन्द्र (सिइएनसी) ले जनाएको छ ।
सो भूकम्पको केन्द्रबिन्दु द्विप समूहको आसपास इलाकाको समुद्र मुन्तिर १६० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।
त्यसैगरी अष्ट्रेलियाबाट सीधा उत्तरमा पर्ने पपुवा न्यु गिनीमा पनि आइतबार ८.० म्याग्निच्युडको भूकम्प गएको समाचार छ । यस भूकम्पपछि विशाल सुनामी आउन सक्ने चेतावनी दिइएको प्रशान्तमहासागरीय सुनामी चेतावनी केन्द्रले जनाएको छ ।
पपुवा न्यु गिनीमा गएको भूकम्पको केन्द्रविन्दु भने आरावानजिकै दक्षिणी प्रशान्त महासागरिय इलाकाको समुद्रको १६७ किलोटिर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।
दक्षिण–पश्चिमी प्रशान्त महासागरमा अवस्थित मेलानेसिया महाक्षेत्रभित्र रहेका यी दुबै देशमा गएको भूकम्पबाट मानवीय र भौतिक सम्पत्ति क्षति भए नभएको कुनै पुष्ट समाचार प्राप्त भइनसकेको बताइएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण सस्था (युएसजिएस)ले भने दुबै देशमा गएका भूकम्पको मापन ८.२ म्याग्निच्युड रिक्टरस्केलको भएको जानकारी दिएको छ ।
हाल भूकम्प गएका दुबै मुलुकहरु भौगर्भिक हिसाबले क्रियाशील र जोखिमयुक्त प्रशान्त महासागरीय अग्निचक्र (प्यासिफिक रिङ्ग अफ फायर) को घेरा भित्र पर्दछन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग