पेसावर (पाकिस्तान), ८ माघ । पाकिस्तानको उत्तरपश्चिमी आदीवासी इलाका प्रायः सिया क्षेत्रको रुपमा रहेको स्थानमा शनिबार भएको बम विस्फोटमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
अफगानिस्तानको सीमा क्षेत्रमा रहेका पराचिनार सहरको कुर्राम आदीवासी इलाकामा रहेको एक तरकारी बजारमा सो बिस्फोटन भएको जनाइएको छ ।
पाकिस्तानी सैनिकले निकालेको एक छोटो वक्तव्यमा यस आक्रमणमा बीस व्यक्ति मारिएका र यस घटनामा घाइते भएकाहरुलाई सैनिक र नागरिक अस्पतालमा लगिएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रांन्तका गभर्नर इक्बाल जफार झाग्राले पाकिस्तानी निजी टेलिभिजन च्यानल जिओलाई दिएको एक अन्तर्वार्तामा यस विस्फोटको पुष्टि गर्नुभएको छ ।
झाग्राका अनुसार यस आक्रमणमा घाइते भएका ४० व्यक्तिहरुमा १२ जनाको अवस्था भने चिन्ताजनक रहेको छ ।
सरकारका वरिष्ठ अधिकारी इक्रामुल्लाह खानले एएफपी समाचार समितिलाई तरकारीको बाकसमा विस्फोटक पदार्थ लुकाएर ल्याएको जानकारी दिनुभएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल