न्यूयोर्क । अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड जोन ट्रम्पले शुक्रबार शपथ ग्रहण लिएका छन् । अमेरिकी कंग्रेस भवन क्यापिटोल हिलस्थित पश्चिम क्षेत्रको अग्रभागमा आयोजित एक भव्य समारोहबीच ७१ वर्षीय ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायधीस जोन रोबर्टस जुनियरले पदको शपथ ग्रहण गराएका थिए । शपथसंगै रियल स्टेट खर्बपति ब्यापारी ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा पाका राष्ट्रपति भएका छन् । यसअघि सन १९८१ मा पदभार ग्रहण गर्दा रोनाल्ड रेगन ७० वर्षका थिए ।
शपथ लिनेक्रममा ‘ह्वाइट हाउस’ प्रवेशको परम्परा अनसार राष्ट्रपति निर्वाचित ट्रम्प राष्ट्रपति बाराक ओबामाको कफी निम्तोमा शुक्रबार बिहान हवाइट हाउस पुगेका थिए । त्यसपछि दायां सिटमा ओबामा एवं बायां सिटमा ट्रम्प सवार लक्जरी कार ‘लेमोजिन’ अमेरिकी कंग्रेस भवन क्यापिटोल हिल बाहिर आयोजित शपथ ग्रहण समारोहमा पुगेको थियो ।
दाहिने उठाएर बायां हात बाईबलमा राख्दै शपथ लिने परम्परा अनुरुप ट्रम्पले श्रीमती मेलानिया ट्रम्पको हातमा रहेको बाइबलमा हात राख्दै शपथ लिएका थिए । ट्रम्पले अमेरिकी संविधानको आर्टिकल दुई, भाग एक एवं क्लज आठमा उल्लेखित ३५ शब्दमा उल्लेखीय शपथ दोहोर्याएका थिए । राष्ट्रपति पदप्रति पूर्ण प्रतिवद्व रहने एवं अमेरिकी संविधानको संरक्षण, रक्षा एवम बचाउका लागि आफूले हदैसम्मको क्षमता प्रयोग गर्ने उल्लेखीय शपथ शब्दहरु प्रति ट्रम्पले आफनो प्रतिवद्वता प्रकट गरे ।
स्थापना देखि नै अमेरिका धर्म निरपेक्ष मुलुक भएपनि बाइबल छोएर शपथ लिने परम्परालाई अमेरिकी राजनीतिमा धर्मको बलियो प्रभावको रुपमा बिश्लेषण गरिन्छ । जर्ज वासिङटन देखि हयारी ट्रुम्यान सम्मका राष्ट्रपतिले शपथ ग्रहणमा बाइबललाई ‘किस’ गर्ने चलन रहेपनि सन १९५३ डवाईट आईजनहावरको पाला देखि बाइबलमा हात राख्ने चलन शुरु भएको हो ।
ट्रम्पले शपथ अघि राष्ट्रपतिहरुको चर्चको रुपमा परिचित सेन्ट जोन्स चर्चमा पुगेर आर्शिवाद लिएका थिए । शपथपछि त्यहां उपस्थित हजारौं जनमानसलाई सम्बोधन गर्दै ट्रम्पले २० जनवरी शुक्रबारदेखि वासिङटन डिसीमा केन्द्रित अधिकार जनतामा हस्तान्तरण भएको दाबी गरेका थिए । शपथ समारोहमा पूर्व राष्ट्रपतिहरु जिमी कार्टर, बिल क्लिन्टन, जर्ज डब्ल्यु बुस उपस्थित थिए । अस्वस्थताका कारण पूर्व राष्ट्रपति सिनियर बुस भने अनुपस्थित थिए । समारोहपछि ट्रम्पले निवर्तमान राष्ट्रपति ओबामा दम्पतिको विदाई गरेका थिए ।
गत नोभेम्बरको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट ट्रम्पले डेमोक्रयाटिक पार्टी प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । इलेक्टोरल कलेजमा जित हासिल गरेपनि ट्रम्पले हिलारी क्लिन्टनको तुलनामा झण्डै तीस लाख मत कम पाएका थिए । पपुलर भोटमा हारेर पनि राष्ट्रपति पदमा निर्वाचित हुने अपवादको यो घटना अमेरिकी राजनीतिको पाचौं अध्याय हो । ट्रम्प हवाइट हाउसमा आसिन हुने पहिलो व्यक्ति हुन् जोसंग कुनै खाले सैनिक सेवा एवं राजनीतिक क्षेत्रमा काम गरेको अनुभव छैन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल