लण्डन । पूर्व गोरखा सैनिकको छोरी अस्मिता आले इङ्ल्याण्डको १६ वर्षमुनीको महिला राष्ट्रिय टोलीमा छनोट भएकी छिन् ।
उनले अर्को महिना इङ्ल्याण्डमा आयोजना हुने युइएफए डेभलपमेन्ट टुनामेन्टमा इङ्ल्याण्डको प्रतिनिधित्व गर्दै खेल्नेछिन् ।
पिता अमृत आलेका अनुसार फेब्रुअरीको १० देखि १७ सम्म सो प्रतियोगिताका लागि अस्मितालाई उपलब्ध गराइदिन फुटबल एसोसिएसन (एफए) ले अनुरोध गरेको छ ।
सो टुनामेन्टमा स्पेन इटली र फिनल्याण्डको टोलीसित इङ्ल्याण्डको टोलीको प्रतिस्पर्धा हुने बताइएको छ ।
अरुबेला अास्टोन भिल्ला क्लवबाट ५ नम्बरको जर्सी लाएर खेल्ने अस्मिताको रोजाइको पोजिसन सेन्टर ब्याक हो । तर आवश्यकताअनुसार उनी अरु पोजिसनमा पनि खेल्ने गर्छिन् ।
अस्मिताका पिता अमृत आले क्वीन्स गोरखा सिग्नलका पूर्व गोरखा सैनिक हुन । उनी अहिले परिवारसहित युकेको ननिङटनमा बस्दै आएका छन् ।
यसअघि अस्मिता इंग्ल्याण्डको स्कुल र कलेजको फुटबल संचालन गर्ने निकाय इंगलिस स्कुल्स फुटबल एसोसिएसन (इएसएफए) मातहतको १५ वर्षमुनीको स्कुलस्तरिय अन्तर्राष्ट्रिय छात्रा फुटबल टोलीमा छानिएकी थिइन् ।
उनका पिता स्क्वास खेलमा नेपालका पूर्व नेशनल खेलाडी हुन् भने दाजु असिम ननिङटन युथ क्लवमा फुटबल खेल्ने गर्छन् ।
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग