बामाको, ५ माघ । उत्तरी माली अवस्थित एक सैनिक शिविर अगाडि बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक र स्थानीय अस्पताल स्रोतले उक्त जानकारी दिएको छ ।
सो शिविर माली उत्तरी प्रमुख सहर गाओमा अवस्थित रहेको जनाएको छ । सन् २०१५ मा फ्रान्सको नेतृत्वमा अरू राष्ट्रहरुको पनि आवद्धतामा विद्रोही समूह र सरकारबीच शान्ति सम्झौता भएको थियो ।
मालीका विद्रोही र इस्लामिक लडाकूहरुले सन् २०१२ बाट देशको उत्तरी भागको ठूलो इलाका कब्जा गर्दै आएका छन् । यस क्षेत्रको ठूलो इलाकामा अझै पनि जिहादी समुहको बलियो पकड रहेको छ ।
यस भीषण आक्रमणमा ८० व्यक्तिको मृत्यु भएको र तर अझै पनि यस घटनाको विस्तृत विवरण भने अझै प्राप्त नभएको गाओमा स्थानीय अधिकारीले पुष्टि गरेका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल