
बान्जुल (गाम्बिया), ५ माघ । गाम्बियाका राष्ट्रपति याहय जम्मेहले सङ्कटकालको घोषणा गर्नुभएको छ ।
उहाँले मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै सङ्कटकालको घोषणा गर्नुभएको हो । विदेशी हस्तक्षेप बढेकाले सङ्कटकाल घोषणा गर्नुपरेको उहाँको भनाइ छ ।
पश्चिम अफ्रिकी मुलुक गाम्बियामा विगत २२ वर्षदेखि शासन गर्दै आएका जम्मेह गत डिसेम्बरमा भएको निर्वाचमा पराजित भएपछि सत्ता छोड्नुभएको छैन ।
उहाँले मतपरिणाम नस्वीकार्ने बताएको भोलिपल्ट राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सार्वभौम जनताको रोजाइलाई नस्वीकार्नु जम्मेहको गल्ती हुने टिप्पणी गरेको थियो ।
जम्मेहले निर्वाचन भएको एक सातापछि मत परिणाम नस्वीकार्ने बताउँदै नयाँ निर्वाचन गर्न माग गर्नुभएको छ ।
उहाँलाई उहाँका प्रतिस्पर्धी अदाम बर्रोले पराजित गर्नुभएको थियो ।
अहिले राष्ट्रपतिमा पराजित जम्मेहले सन् १९९४ देखि सैनिक शासकको रूपमा गाम्बियाको सत्ता सम्हाल्नुभएको थियो । गाम्बिया २० लाखभन्दा कम जनसंख्या रहेको निकै सानो अफ्रिकी मुलुक हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने