
बान्जुल (गाम्बिया), ५ माघ । गाम्बियाका राष्ट्रपति याहय जम्मेहले सङ्कटकालको घोषणा गर्नुभएको छ ।
उहाँले मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै सङ्कटकालको घोषणा गर्नुभएको हो । विदेशी हस्तक्षेप बढेकाले सङ्कटकाल घोषणा गर्नुपरेको उहाँको भनाइ छ ।
पश्चिम अफ्रिकी मुलुक गाम्बियामा विगत २२ वर्षदेखि शासन गर्दै आएका जम्मेह गत डिसेम्बरमा भएको निर्वाचमा पराजित भएपछि सत्ता छोड्नुभएको छैन ।
उहाँले मतपरिणाम नस्वीकार्ने बताएको भोलिपल्ट राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सार्वभौम जनताको रोजाइलाई नस्वीकार्नु जम्मेहको गल्ती हुने टिप्पणी गरेको थियो ।
जम्मेहले निर्वाचन भएको एक सातापछि मत परिणाम नस्वीकार्ने बताउँदै नयाँ निर्वाचन गर्न माग गर्नुभएको छ ।
उहाँलाई उहाँका प्रतिस्पर्धी अदाम बर्रोले पराजित गर्नुभएको थियो ।
अहिले राष्ट्रपतिमा पराजित जम्मेहले सन् १९९४ देखि सैनिक शासकको रूपमा गाम्बियाको सत्ता सम्हाल्नुभएको थियो । गाम्बिया २० लाखभन्दा कम जनसंख्या रहेको निकै सानो अफ्रिकी मुलुक हो ।
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने