कुवेत सिटी, २ माघ । ओमानबाट जर्मनी जान उडेको युरोविङ्ग्सको एक विमानमा बम राखेको भन्ने हल्ला चलेपछि बीचबाटोबाटै उक्त विमान कुवेत सिटीमा आकस्मिक अवतरण गरेको छ ।
उडान नम्बर ईडब्ल्यू ११७ बाट ओमानको सालल्लाह विमानस्थलबाट जर्मनीको कोलोन महानगर गन्तव्यतर्फ प्रस्थान गरिसकेको युरोविङ्ग्स एयरलाइन्सको एयरबस ए३३०–२०३ मोडेलको सो बिमान उडेको केही बेरमै विमानमा बम राखेकोले पड्किई ध्वस्त हुने हल्ला चलेपछि विमानमा कुवेत सिटीमा आकस्मिक अवतरण गरेको कुवेतको सरकारी सञ्चार समिति कुना न्युज एजेन्सीले जनाएको छ ।
सो विमानमा चालकदलका १३ जनासहित २९९ जना यात्रु सवार थिए । बम राखेको भन्ने हल्ला चलिरहेको अवस्थामा उडाइ रहन नमानेपछि विमानका कप्तानले कुवेतमा अवतरण गर्न यहाँको टावरसँग अनुमति मागेका थिए ।
आकस्मिक अवतरण पश्चात् सबै यात्रु ओरहाली विमानलाई पूरै जाँच, अनुसन्धान गर्दा बम वा कुनै त्यस्तो बिस्फोटक पदार्थ फेला नपरेको पनि कुना न्युज एजेन्सीले जनाएको छ ।
आफ्नो स्वामित्वमा रहेको सो विमानलाई जर्मनीकै सन् एस्प्रेस नामक कम्पनीले लिजमा लिई सञ्चालन गरेको र यस उडानलाई भने एफ.टी.आई. नामक एउटा ट्राभल एजेन्सीले चार्टर गरेको तथ्य युरोविङ्ग्स एयरलाइन्सले जनाएको छ ।
युरोविङ्ग्स एयरलाइन्स जर्मनीको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय ध्वजाबाहक लुफ्थान्सा जर्मन एयर लाइन्सकै भगिनी संस्था हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने