
काबुल, २६ पुस । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित संसद भवननजिकै मङ्गलबार भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको समाचार छ । व्यस्त समयमा भएको यस विस्फोटनमा परी अन्य ४५ जना घाइते भएका छन् ।
संसद भवनबाट कर्मचारीहरु बाहिर जाने द्वारहरुमा भएको यस दुई बम विस्फोटको तत्कालै तालिवानी आतङ्ककारी समूहले जिम्मा लिएका छन । संसदको बाहिर भएको यस पहिलो बम विस्फोटमा परी अज्ञात सङ्ख्यामा निर्दोष कामदारको मृत्यु भएको संसद भवनका घाइते सुरक्षा गार्ड जाबीले एएफपी समाचार समितिलाई बताएका छन् । पहिलो विस्फोट पैदल हिँडिरहेको आत्मघाती आक्रमणकारीले गराएका थिए ।
संसद भवनको सडकपारी पार्किङ गरेर राखेको अर्को एक कारबम विस्फोट भएको जाबीले थप जानकारी दिएका छन् ।
यस दुई वटा बम विस्फोटमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै ४५ जना घाइते भएका तीमध्ये प्रायः संसद भवनको नै कर्मचारी रहेका नाम नबताउने सर्तमा एक सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
अर्का एक सुरक्षा अधिकारी यस विस्फोटनहरुमा परी दर्जनौँ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७० भन्दा बढी घाइते भएका जानकारी दिएको स्वास्थ्य मन्त्रालयका एक प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?