
काबुल, २६ पुस । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित संसद भवननजिकै मङ्गलबार भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको समाचार छ । व्यस्त समयमा भएको यस विस्फोटनमा परी अन्य ४५ जना घाइते भएका छन् ।
संसद भवनबाट कर्मचारीहरु बाहिर जाने द्वारहरुमा भएको यस दुई बम विस्फोटको तत्कालै तालिवानी आतङ्ककारी समूहले जिम्मा लिएका छन । संसदको बाहिर भएको यस पहिलो बम विस्फोटमा परी अज्ञात सङ्ख्यामा निर्दोष कामदारको मृत्यु भएको संसद भवनका घाइते सुरक्षा गार्ड जाबीले एएफपी समाचार समितिलाई बताएका छन् । पहिलो विस्फोट पैदल हिँडिरहेको आत्मघाती आक्रमणकारीले गराएका थिए ।
संसद भवनको सडकपारी पार्किङ गरेर राखेको अर्को एक कारबम विस्फोट भएको जाबीले थप जानकारी दिएका छन् ।
यस दुई वटा बम विस्फोटमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै ४५ जना घाइते भएका तीमध्ये प्रायः संसद भवनको नै कर्मचारी रहेका नाम नबताउने सर्तमा एक सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
अर्का एक सुरक्षा अधिकारी यस विस्फोटनहरुमा परी दर्जनौँ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७० भन्दा बढी घाइते भएका जानकारी दिएको स्वास्थ्य मन्त्रालयका एक प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने