न्युयोर्क, २४ पुस । गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसले साइबर ह्याकिङ्गको माध्यमद्वारा हस्तक्षेप गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरु विश्वस्त भएपछि यसले अमेरिकी उच्च राजनीतिमा एक प्रकारको तरङ्ग पैदा गरेको छ ।
तर, यस तरङ्गले रुससँग निकट सम्बन्ध राख्न आह्वान गर्ने नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई कुनै प्रभाव परेको देखिएको छैन ।
अमेरिकी गुप्तचर निकाय प्रमुखहरुले नवनिर्वाचित ट्रम्प, ह्वाइट हाउस तथा अमेरिकी काँग्रेसलाई भेटेर आफ्ना निष्कर्ष प्रस्तुत गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी ट्रम्पको पक्षमा रुसी राष्ट्रपतिले एक गुप्त र विस्तृत साइबर अतिक्रमण अभियान नै चलाउन व्यक्तिगत रुपमै आदेश दिएको, क्लिन्टनको विजयी हुने सम्भावनामा बाधा सिर्जना गर्नु रुसको उद्देश्य रहेको, ट्रम्पलाई ह्वाइट हाउस पुरयाउन मस्कोले स्पष्ट रुपमा प्राथमिकता दिएको भन्ने निचोडको प्रतिवेदन गत शुक्रबार औपचारिक रुपमा हस्तान्तरण गरेका थिए ।
यसबारे नवनिर्वाचित ट्रम्पले तत्कालै प्रतिक्रिया व्यक्त गर्दै रुसले हस्तक्षेप गरेको र निर्वाचन परिणाम प्रभावित भएको भन्ने स्वीकार्नु भएको थिएन ।
त्यसपछि ट्रम्पले श्रृङ्खलाबद्ध ट्वीटर सन्देश प्रसारणमार्फत शनिबार बेलुका ‘खाली बेबकूफ र मूर्खहरुले मात्र यस्तो बिभेदकारी निष्कर्ष निकाल्ने आट गर्छन्’ (ओन्लि स्टुपिड पिपल्स अर फूल्स उड कम टु अ डिफरेन्ट कन्क्लुजन) भन्ने घोषणा नै गर्नु भएको छ ।
रुससँग निकट सम्बन्ध राख्नु राम्रो कुरा हो, नराम्रो त हुँदै होइन । दुई राष्ट्रले एक पछि अर्को गर्दै अनगिन्ती सङ्कटहरु खेप्नु परिरहेको छ, साझा समस्याहरुका सबालमा दुबैले समझदारीपूर्वक सहकार्य गरेमा विजयी नहुनेमा कुनै शङ्का नै छैन । यस्तो परिस्थितिमा रुससँगको सम्बन्ध प्रवद्र्धन गरेमा के बिग्रन्छ र ? ट्रम्प टावरबाट प्रकाशित श्रृङ्खलाबद्ध ट्वीटर सन्देशमा थप उल्लेख गरिएको छ ।
ट्वीटर सन्देशमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनको मानमर्दन हुने खालका झुठ्ठा लान्छना अभिप्रेरित गरिएको र रुसविरुद्धको यस्ता आपत्तिजनक आरोपहरु फिर्ता लिनु पर्ने भनी दोहोरयाई, तेहोरयाई उल्लेखित छ ।
साथै, कुनै षडयन्त्रकारी शक्तिले अमेरिकी गुप्तचर निकाय प्रमुखहरुलाई प्रभावित पारी यस्तो वाहियात प्रतिवेदन पेस गर्न निर्देशित गरेकोले यसबाट सतर्क हुनुपर्ने पनि सो सन्देशमा उल्लेख गरिएको छ ।
रुसले ठूलो परिमाणमा साइबर ह्याकिङ्ग गरिरहेको बारे अमेरिकी गुप्तचर निकायहरुले प्रस्तुत गरेका पहिलेका मौखिक वा लिखित प्रतिवेदनउपर आफू विजयी हुनुभएपछि ट्रम्पले प्रश्न उठाउँदै आउनु भएकोमा ट्रम्पको यस्तो आक्रामक टिप्पणीबाट यसैलाई तीव्र निरन्तरता दिनु भएको अर्थ लाग्न जाने बताइएको छ ।
उक्त प्रतिवेदनको एक अंशमा रुसले परम्परानिष्ठतापूर्वक क्रिस्मस पर्व मनाएको (रस्सिया अब्जर्भ्ड अर्थोडक्स क्रिस्टमस) भनी ब्यङ्ग गरिएको छ ।
उक्त प्रतिबेदनबारे हालसम्म रुसले औपचारिक प्रतिक्रिया ब्यक्त गरेको छैन । यद्यपि, रुसी संसदको माथिल्लो सदनका एकजना प्रभावशाली सांसद एलेक्सि पुस्कोभले एक ट्वीटर सन्देश प्रसारण गर्दै अमेरिकी गुप्तचर निकायहरुका सो प्रतिवेदनलाई अन्दाज र अड्कलमाथि विश्वस्त भई आँखा चिम्लेर रुसमाथि सबै दोष थोपरेको, इराकी राष्ट्रपति सद्दाम हुसेनसँग विश्वलाई ध्वस्त पार्ने रासायनिक हातहतियारको भण्डार नै छ भन्ने भ्रममा पहिला पनि त अमेरिका विश्वस्त थियो ? भन्ने ब्यङ्गात्मक टिप्पणी गरेका छन् ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने