बेरुत (लेवनान), २३ पुस । सिरियाली विद्रोही समूहको अधीनस्थ सहर अजाजमा शनिबार एक शक्तिशाली ट्याङ्कर बम विस्फोट हुँदा ४३ जनाको मृत्यु भएको छ ।
उत्तर अलेप्पो राज्यको टर्कीसँग सीमा जोडिएको उक्त सहरमा यसअघि यति धेरै मानिसको ज्यान जाने गरी आक्रमण नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ ।
घटनामा छजना विद्रोही र बाँकी सबै सर्वसाधारणको मृत्यु भएको उक्त संस्थाले जनाएको छ ।
संस्थाका प्रमुख रमी अब्देल रहमानले घटनामा मृत्यु भएका प्रायः सबैजनाको विस्फोटबाट चिन्न नसकिने गरी शरीर उढेको र दजैनौँ सर्वसाधारण घाइते भएका छन् ।
टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार पक्ष र विद्रोहीबीच एक साता पहिले डिसेम्बर ३० मा युद्धविराम सम्झौता भएपछि पनि सवै पक्षबाट सम्झौता उल्लङ्घन गर्दै एक अर्काविरुद्ध आक्रमणलाई निरन्तरता दिइरहेको बताइरहे पनि यति धेरै नागरिकको मृत्यु हुने गरी भएको यो नै प्रमुख घटना हो ।
दुई दिन पहिले सिरियाली युद्धविराम सम्झौतामा समावेश भएका करिब एक दर्जन विद्रोही समूहले युद्धविरामपछि पनि सरकारले राजधानी दमास्कस वरपरका क्षेत्रमा सुरक्षा कारबाही जारी राखेको भनी असन्तुष्ट पक्षले केही समयपछि काजकिस्तानको राजधानी अस्पतानामा संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति वार्ताका लागि छलफल हुने बैठकमा सरकारद्वारा जारी राखेका आक्रमण नरोके आफूहरुले संलग्नता नजनाउने भनी एक विज्ञप्ति जारी गरी सम्झौता उल्लङ्घन भएको तर्फ सम्बद्ध सबै पक्षलाई अवगत गराएका थिए ।
घटनाको जिम्मेवारी शनिबार रातिसम्म कसैले लिएको छैन ।
विस्फोटको समयमा उक्त सहरमा उपलब्ध एक वकिल वोसामा अल मेहरीले घटना इस्लामिक स्टेट –आइएस)को स्थानीय समूहद्वारा गराइएको हुनसक्ने बताउनुभएको छ ।
सहरमा शक्तिशाली विस्फोट गराइएको र सामान्य नागरिकलाई तर्साउने गरी भएकाले उहाँले घटनामा सिरियाली दायस समूहको संलग्नता रहेको आशंका व्यक्त गर्नुभयो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल