
वारसा (पोल्याण्ड), २३ पुस । सन् २०१६ मा मुख्य दुई सामुद्रिक बाटो युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको युरोपियन युनियनको सीमा मामिला अध्ययन गर्ने निकाय फ्रन्टेक्सले जनाएको छ ।
सन् २०१६ मा सो बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थी सङ्ख्या तीन लाख ६४ हजारमा झरेको फ्रन्टेक्सले जनाएको हो ।
इयुले टर्कीसँग सन् २०१६को मार्चमा गरेको आप्रवासीलाई युरोप प्रवेश नियन्त्रणसम्बन्धी सहमतिपश्चात् सिरियाली आप्रवासी शरणार्थीको ग्रीसलगायतका युरोपेली मुलुकमा प्रवेश गर्ने रफ्तारमा कमी आएको फ्रन्टेक्सले बताएको छ ।
प्रारम्भिक चरणमा भएका अध्ययनअनुसार सन् २०१६ मा ग्रीसको पूर्वी ऐजन क्षेत्रमा पुग्ने शरणार्थी सङ्ख्यामा ७९ प्रतिशत अर्थात् एक लाख ८२ हजार ५०० ले घटेको फ्रन्टेक्सको अध्ययन प्रतिवेदनमा छ ।
सोही समयमा इटालीको बाटो युरोप प्रवेश गर्ने शरणार्थी सङ्ख्यामा केही वृद्धि देखिए पनि सन् २०१५ को तुलनामा दुवै नाकाबाट प्रवेश गर्ने आप्रवासी सङ्ख्यामा भारी कमी आएको देखिएको छ । फ्रन्टेक्सले सन् २०१६ मा इटालीको बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थी सङ्ख्या एक लाख ८१ हजार पुगेको र यो सन् २०१५ को तुलनामा २० प्रतिशतले बढी भएको जनाएको छ । यस वृद्धिमा टर्की भएर ग्रीसको बाटो युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थीको नियन्त्रणले असर पारेको अध्ययनमा जनाइएको छ ।
दोस्रो विश्वयुद्धपछि सन् २०१४ र सन् २०१५ ताका द्वन्द्वग्रस्त सिरिया, यमन, अफगानिस्तानलगायतका मुलुकबाट गरिबी र द्वन्द्वबाट बचाउनका लागि युरोप तथा अमेरिका प्रवेश गर्ने आप्रवासी सङ्ख्याका कारण इयुमा नराम्रोसँग आप्रवासी शरणार्थी समस्या देखिए पनि पछिल्लो समय यसमा नियन्त्रण देखिएको हो ।
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण