मस्को, २२ पुस । सिरियामा रहेका रसियाली सैन्यबलको सङ्ख्यामा कमि गर्नको लागि केही सैन्य बललाई त्यहाँबाट फिर्ता गर्ने भएको छ । रसियाली सशस्त्र बलका एक अधिकारीले शुक्रबार सो जानकारी दिएका हुन् ।
टर्की र रुसको सहभागीतामा सिरियामा गत हप्ताबाट सुरु भएको युद्धबिराम पछि रसियाले सो निर्णय गरेको छ । यद्यपि सिरियामा जारी युद्धविरामको केही स्थानमा उलङ्घनसमेत भएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनामा सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछाडि गृहयुद्धमा परिणत भयो ।
यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट पनि दबदबा बढ्दै गयो । जारी यसद्वन्द्वमा परी सन् २०११ देखि हालसम्म तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
लाखाँै व्यक्ति घाइते भएका छन् भने लाखाँै आफ्ना देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन बिताइरहेका छन् ।
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा