स्टकहोम, २१ पुस । स्विडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आउने गरेको छ ।
तर सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्विडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयम्ले बताउनुभएको छ ।
राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा अवस्थित, राजपरिवारका एकजना सदस्यको निजी निवासः ड्रोट्निङगहोम प्यालेसमा बारम्बार भेट्न आइरहने गरेको भूतले ‘साँच्चिकै मित्रवत् व्यवहार गर्ने’ र सो भूतले अहिलेसम्म कुनै हानि नपुरयाएको समेत महारानी सिल्भियाले खुलासा गर्नुभएको छ ।
स्विडेनको एउटा सार्वजनिक टेलिभिजन प्रसारण एसभिटीले यस्तो भूतबारे काल्पनिक कथानक लघुचलचित्र (डकुमेन्टरी) निर्माण गरेको र बिहीबार साँझ सो डकुमेन्टरी प्रसारण गर्दैछ ।
उक्त कथानक लघुचलचित्रमा देखाइने भूतबारे टिप्पणी गर्नु हुँदै महारानी सिल्भियाले ‘दरबारमा धेरै भूतहरु छन्, तर नआत्तिनु होला, सो चलचित्रले तपाईंलाई राम्ररी मनोरञ्जन प्रदान गर्नेछ’– भन्नुभयो । “भूत बारम्बार भेट्न आउने गरेको महारानी स्वयम्लाई पनि अनुभव छ कि ? भनी सोधिएको एक प्रश्नको उत्तरमा सिल्भियाले” पक्कै पनि छ, तर ती त मेरा साथीजस्तै भइसके भनी मन्द मुस्काउँदै जवाफ दिनुभयो ।
ड्रोट्निङगहोम निजी राजदरबारको मूल संरचना १६औँ शताब्दिको अन्त्यतिर निर्माण गरिएको र पछि त्यसलाई नयाँ ढाँचामा पुनःनिर्माण तथा आधुनिकीकरण गरिएको थियो ।
महाराज्ञी सिल्भिया जर्मनीमा जन्मनु भएकी र स्विडेनका वर्तमान सम्राट कार्ल गुस्ताभ १६ औँ सँग उहाँको विवाह भएको थियो ।
बेलायती राजतन्त्रीय प्रणालीको जस्तै स्विडेनमा पनि राजसिंहासनलाई अनुष्ठानिक राष्ट्रप्रमुख (सेरेमोनियल हेड अफ स्टेट) का रुपमा सम्मान गरिँदै आएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?