स्टकहोम, २१ पुस । स्विडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आउने गरेको छ ।
तर सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्विडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयम्ले बताउनुभएको छ ।
राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा अवस्थित, राजपरिवारका एकजना सदस्यको निजी निवासः ड्रोट्निङगहोम प्यालेसमा बारम्बार भेट्न आइरहने गरेको भूतले ‘साँच्चिकै मित्रवत् व्यवहार गर्ने’ र सो भूतले अहिलेसम्म कुनै हानि नपुरयाएको समेत महारानी सिल्भियाले खुलासा गर्नुभएको छ ।
स्विडेनको एउटा सार्वजनिक टेलिभिजन प्रसारण एसभिटीले यस्तो भूतबारे काल्पनिक कथानक लघुचलचित्र (डकुमेन्टरी) निर्माण गरेको र बिहीबार साँझ सो डकुमेन्टरी प्रसारण गर्दैछ ।
उक्त कथानक लघुचलचित्रमा देखाइने भूतबारे टिप्पणी गर्नु हुँदै महारानी सिल्भियाले ‘दरबारमा धेरै भूतहरु छन्, तर नआत्तिनु होला, सो चलचित्रले तपाईंलाई राम्ररी मनोरञ्जन प्रदान गर्नेछ’– भन्नुभयो । “भूत बारम्बार भेट्न आउने गरेको महारानी स्वयम्लाई पनि अनुभव छ कि ? भनी सोधिएको एक प्रश्नको उत्तरमा सिल्भियाले” पक्कै पनि छ, तर ती त मेरा साथीजस्तै भइसके भनी मन्द मुस्काउँदै जवाफ दिनुभयो ।
ड्रोट्निङगहोम निजी राजदरबारको मूल संरचना १६औँ शताब्दिको अन्त्यतिर निर्माण गरिएको र पछि त्यसलाई नयाँ ढाँचामा पुनःनिर्माण तथा आधुनिकीकरण गरिएको थियो ।
महाराज्ञी सिल्भिया जर्मनीमा जन्मनु भएकी र स्विडेनका वर्तमान सम्राट कार्ल गुस्ताभ १६ औँ सँग उहाँको विवाह भएको थियो ।
बेलायती राजतन्त्रीय प्रणालीको जस्तै स्विडेनमा पनि राजसिंहासनलाई अनुष्ठानिक राष्ट्रप्रमुख (सेरेमोनियल हेड अफ स्टेट) का रुपमा सम्मान गरिँदै आएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल