बग्दाद, १९ पुस । सन् २०१६ मा इराकमा भएका हिंसाहरुमा परी कम्ती छ हजार ८७८ सर्वसधारणको ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घले हालै जानकारी दिएको छ ।
इराकको लागि संयुक्त राष्ट्र सङ्घको सहयोग मिसन (युएनएएमआइ)ले जारी गरेको एक विज्ञप्तिका अनुसार सन् २०१६ मा भएका यस हिंसाहरुमा परी १२ हजार ३८८ सर्वसाधारण घाइते भएका थिए ।
तर गत मे, जुलाई, अगस्त र डिसेम्बरमा इराकको पश्चिमी प्रान्त अन्बार भएका मानवीय हताहतसम्बन्धि घटना भने यस तथ्याङ्कमा समावेश नगरिएको युएनएएमआइले थप जानकारी दिएको छ ।
युएनएएमआइका अनुसार सन् २०१५ मा इराकभरी भएका घटनाहरुका सात हजार ५१५ व्यक्तिको मृत्यु भएको थियो ।
सन् २०१७ को सुरुवातसँगै इराकमा पुनःहिंसा सुरु भइसकेको छ । इराकको राजधानी बग्दादको छिमेकमा पर्ने अत्याधिक जनघनत्व भएको एक इलाकामा गत सोमबार भएको एक कार बम विस्फोटमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६९ व्यक्ति घाइते भएका छन् ।
सो आक्रमणमा मारिए प्रायःव्यक्ति सदर सरहको विभाजन रेखामा कामको लागि फर्खिरहेका श्रमिक परेका जानकारी दिइएको थियो ।
त्यसैगरी सन् २०१७ सुरु हुनुभन्दा अगाडिको् पूर्वसन्ध्यामा नै भएका दुई विस्फोटनमा परी पनि २७ व्यक्तिको मृत्यु भएको थियो । यस आक्रमणहरुको आइएसले नै दाबी गरेका थिए ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल