रियो डि जानेरो, १९ पुस । ब्राजिलको सबैभन्दा ठूलो उत्तरी शहर मनाअसमा रहेको एक कारागारमा कैदीहरुबीच झडप हुंदा ६० जनाको मृत्यु भएको छ ।
एउटै कारागारमा भएका दुई ओटा छुट्टाछुट्टै झडपमध्ये एउटामा ५६ र अर्कोमा चार जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार बताएका छन् ।
अनिसियो जोबिम नामक जेलमा आइतबार सुरु भएको झडप झण्डै १७ घण्टा सम्म चलेको थियो । जेलमा झण्डै १८४ जना कैदीहरुलाई राखिएको थियो ।
झडपको क्रममा जेलबाट भागेका ८४ जनालाई पुनः नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । जेलमा मृतक कैदीहरुको शव यत्रतत्र छरिएका थिए ।
एमाजोनास राज्यमा रहेको सो कारागारमा झडप भएपनि उनीहरुलाई अन्यत्र सार्नका लागि कारागारको खोजी भईरहेको छ ।
अधिकारीहरुले कारागारलाई आफ्नो नियन्त्रणमा लिनका लागि जेलभित्र र बाहिर रहेका बन्दीका दुई प्रतिद्वन्द्वी गिरोह लड्दै आएको जनाएका छन् ।
एमाजोनास राज्यका सुरक्षा प्रमुख सेर्जियो फोन्टेका अनुसार लामो समयको तयारीपछि यो झडप भएको जस्तो देखिएको बताउनुभयो ।
कारागारमा भएको यो झडप वर्षौ यता ब्राजिलको बन्दी गृहभित्र भएको सबैभन्दा खराब हिंसामध्ये एक भएको बताइएको छ ।
ब्राजिलका सबैभन्दा ठूला दुई लागू औषधका गिरोहले जेललाई आफ्नो नियन्त्रणमा राख्नका लागि त्यहाँ लडाइँ गर्दै आएका थिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने