सोल । तमू समुदायमा चेली र माइतीबीचको सुमधुर सम्बन्धलाई कायम राख्ने रिँ च्हमीँ कैँ अर्थात चेलीबेटी खुवाउने चलनलाई कोरियामा पनि मनाइएको छ ।
तमू धिँ कोरियाले अक्टोबर १९ तारिख आइतबार सउलमा एक कार्यक्रम गरी सार्वजनिकरुपमा पहिलोपटक रिँ च्हमीँ कैँ चलनको शुरुवात गरेको हो ।
तमू समुदायमा विशेषगरी विवाह गरेर गएकी चेलीहरुलाई कपडा र खसीको फिलासहितको कोसेली माइतीबाट उनीहरुको घरमा पुराइदिने चलन रहेको छ । त्यस्तै विवाह नगरेका चेलीबेटीहरुलाई भने सामूहिक रुपमा गाउँमा भएका सबैलाई भेला पारेर भात खुवाउने भन्दै मिष्ठान्न भोजन बनाएर खुवाउने चलन रहेको छ । यसैलाई रिँ च्हमैँ कैँ भन्ने गरिन्छ ।
हिन्दु धर्मवालम्बीहरुले दशैँ मनाइरहेको बेला असोज कार्तिक महिनामा तमू समुदायले पनि यसरी आफ्नो रिँ च्हमैँलाई बोलाएर खुवाउने प्रचलन रहेको लम्जुङ परिवारका पूर्व अध्यक्ष जेवी गुरुङले जनाकारी गराए ।
तमू समुदायको मर्दापर्दा हरेक चलनमा चेलीको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएकाले रिँ च्हमीँ कैँ जस्ता कार्यक्रमले चेली माइती बीचको प्रगाढ सम्बन्धको उजागर गरेको छ । विदेशमा रहेका तमू बन्धुहरु बिचको एकतामूलक सन्देश छर्दै आफ्नो रीतिरिवाजलाई कायमै राख्न तमू धिँ कोरियाको यो प्रयास सराहनीय भएको भन्दै सबैबाट प्रसंशा पाएका छन् ।
कोरियामा रहेका तमू चेलीहरुलाई यसरी माइतीले सम्झेर गरिएको चेली खुवाउने कार्यक्रमले चेलीहरुमा खुशी छाएको छ । कार्यक्रममा उपस्थित हिमानी गुरुङले विदेशमा पनि यसरी माइतीबाट आत्मिय माया र सम्मान पाएकोमा हर्ष प्रकट गर्दै आफ्नो रीतिरिवाजलाई कायम नै राख्न पाएकोमा धन्यवाद दिएकी छिन् ।
तमू समुदायको उत्पति थलो मानिएको गण्डकी अञ्चलका लम्जुङ, स्याङजा, कास्की, गोरखा, पर्वत लगायत विभिन्न जिल्लामा तमू समुदायको यस्तो पुरानो चलनहरु हराउँदै गइरहेको बेला विदेशी भूमि कोरियामा भने यसरी आफ्नो चलनलाई मनाउन पाउँदा तमू समुदायहरुले खुशी प्रकट गरेका छन् ।
कार्यक्रममा पहिलो चरणमा तमू धिँ कोरियाको संरक्षक भीम गुरुङको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम गरिएको थियो । लम्जुङ परिवारका अध्यक्ष रुप गुरुङ, स्याङजा परिवारका अध्यक्ष धर्म गुरुङ र नेपाल कोरिया परिवारका अध्यक्ष बेल गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ कोरियाका अध्यक्ष मञ्जु गुरुङको कार्यक्रममा आतिथ्यता रहेको थियो । महासचिव प्रितम गुरुङबाट सञ्चालित कार्यक्रममा अध्यक्ष सुरज गुरुङले अध्यक्षता गरेका थिए भने वरिष्ठ उपाध्यक्ष बुद्धी गुरुङबाट स्वागत गरिएको थियो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल