
दमास्कस (सिरिया), १४ पुस । सिरियामो बिहीबार मध्यरातदेखि युद्धबिराम सुरुहुने गरी युद्धविराम सम्झौता भएको रसिया, सिरियाली सेना र विद्रोही प्रतिपक्षी गठबन्धनले जनाएका छन् ।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार राष्ट्रिय टेलिभिजनमार्फत सिरियाली सेना र विद्रोहीबीच युद्धबिराम गर्ने विषयमा हस्ताक्षर भएको जानकारी गराउनुभएको छ । उहाँले दुवै समूहले तत्कालै शान्तिवार्ताका लागि प्रक्रिया अघि बढाउन सहमत भएपछि युद्धबिराम सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ ।
सिरियाली सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो कुराको पुष्टि गरेको छ । सिरियाली सेनाको यो भनाई रसियाद्वारा सिरियाली विद्रोही र सरकारबीच युद्धबिराम सम्झौतामा हस्ताक्षर भएको घोषणा भएपछि एक विज्ञप्तिमार्फत आएको हो ।
सेनाका सम्पूर्ण विद्रोही विरुद्धका सैन्य गतिविधि डिसेम्बर ३० को शून्य समय (सुरुवात) पछि सुरु हुने सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूह तथा पूर्व अलकायदा समूहमा आवद्ध अल नुस्रा फ्रन्टविरुद्धका कारबाहीलाई भने जारी राख्ने विज्ञप्तिमा छ ।
त्यसैगरी सिरियाली प्रतिपक्षी तथा विद्रोही समूहको गठबन्धनले पनि टर्की र रसियाली मध्यस्थतामा भएको बिहीबार मध्यरातिदेखि लागू हुने युद्धबिराम सम्झौतामा आफ्नो समूहले हस्ताक्षर गरेको पुष्टि गरेको छ ।
सिरियाली प्रतिपक्षी विद्रोहीको राष्ट्रिय गठबन्धनले युद्धबिराम सम्झौतालाई सम्बद्ध सबै पक्षबाट पालना गरी शान्ति प्रक्रियालाई अघि बढाउन सबैबाट आ–आफ्नो तहबाट सहयोगको अपेक्षा गरेको गठबन्धनका प्रवक्ता अहमद रमादानले एएफपीसँगको कुराकानीमा बताउनुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?